विभेदकारी नीति विरुद्ध आन्दोलन गर्ने: नेपाल राहत शिक्षक

काठमाडौं/२४ साउन- नेपाल राहत शिक्षक केन्द्रीय समितिले विभेदपूर्ण दरबन्दी मिलानकाे विरुद्धमा चरणवद्ध आन्दोलनमा जाने भएका छन् ।

शुक्रबार बसेकाे केन्द्रीय समितिकाे पूर्ण बैठक यस्ताे निर्णय गरेकाे हाे । शिक्षक दरबन्दी (मिलान र व्यवस्थापन) नामक कार्यविधि, २०७६ अनुसार देशभर दरबन्दी मिलानकाे नाममा राहत शिक्षक माथी भएकाे नीतिगत विभेदकाे बारेमा गम्भीर असहमति राख्दै यस्ता कार्य तत्काल बन्द गर्न साउन २७ गतेसम्म सराेकारवालाहरुसँग तिव्र लभिङ्ग गर्ने निर्णय बैठकले गरेकाे छ । साउन २७ गतेसम्म कुनै सकारात्मक परिणामआउने नदेखिए कानुन व्यवसायीहरुसँग छलफल गरि कानुनी प्रक्रिया अगाडि बढाउने समितिकाे निर्णय छ ।

यस्तै, राहत शिक्षक सम्बन्धि नीतिगत व्यवस्था बारे अध्ययन गर्नका लागि नीतिगत अध्ययन तथा तयारी समिति गठन गरिएकाे छ । बासुप्रसाद अधिकारीकाे संयाेजकत्वमा दुई सदस्यीय समिति गठन गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *