मन्त्रिपरिषद्काे निर्णय कार्यान्वयन गर्न शिक्षा तथा मानव स्राेत विकास केन्द्रकाे निर्देशन

काठमाडौं/२२ साउन- शिक्षा तथा मानव स्राेत विकास केन्द्रले मन्त्रिपरिषद्काे निर्णय कार्यान्वयन गर्न निर्देशन दिएकाे छ । काेभिड-१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुने गरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ मन्त्रिपरिषद्का निर्णय कार्यान्वय गर्न भनिएकाे छ ।

साउन १२ गतेकाे मन्त्रिपरिषद्काे निर्णय अनुसार २०७७ काे बाँकी भएकाे नतिजा प्रकाशन गर्ने, भदाै १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीकाे संख्यात्मक विवरण यकिन गर्ने, भर्ना भएका विद्यार्थीकाे तथ्यांक भराउने, नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यक्रम उपलब्ध गराउने, शिक्षकहरु विद्यालयमा उपस्थित हुने, विद्यालय भवन परिसरमा क्वारेन्टाइन वा अाइसाेलेसन नबनाउने, क्वारेन्टाइनका रुपमा प्रयाेग भएका विद्यालयलाई निर्मलीकरण गर्ने निर्णय गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *