एसईईको नतिजा सार्वजनिक हुन अझै एक दुई दिन लाग्ने:बोर्ड

काठमाडौं /२० साउन – राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षाको नतिजा सार्वजनिकको अन्तिम तयारीमा रहेको भएपनि अझै एक दुइ दीन समय लाग्ने भएको छ ।


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने माध्यमिक तह कक्षा (१०) को परीक्षा नियन्त्रण कार्यालयले सम्पूर्ण तयारी सकि बोर्ड बैठकका लागि प्रस्ताव राखेपछि नतिजा सार्वजनिक गरिनेछ । अहिले सम्म बोर्ड बैठकका लागि प्रस्ताव नआएको बताउँदै उनले भने, आज सार्वजनिक बिदा भएकाले सम्भावत भोलि सम्म प्रस्ताव आउनेछ । प्रस्ताव आउने बित्तिकै बैठक बसी नतिजा सार्वजनिक गरिनेछ । यसरी बैठक बसेर नतिजा सार्वजनिक गर्न पर्सि सम्म लाग्ने उनले बताए ।


माध्यमिक तह कक्षा (१०) को परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक रामराजा खकुरेल नतिजा प्रकाशनको सम्पूर्ण तयारी सकिएको बताए । उनका अनुसार आज सार्वजनिक बिदा भएकाले भोलि वा पर्सिमा बैठक बसी नतिजा सार्वजनिक गरिनेछ । बोर्ड बैठक बसेको एक घण्टा भित्र नतिजा प्रकाशन गर्ने उनले खबर एजुकेशनलाई जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *