पूर्वाञ्चल विश्वविद्यालय डिन कार्यालयका कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं/१६ साउन- पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत डिन कार्यालयमा कार्यरत एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

कर्मचारीमा काेराेना पुष्टि भएसँगै कार्यालय बन्द गरिएको छ । विराट अस्पतालका कर्मचरीसँग सम्पर्कमा रहेका डिन कार्यालयका मुख्य सहायक कर्मचारीमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि कर्मचारीलई गोठगाउँस्थित मेडिलक कलेजमा भर्ना गरिएको छ भने डिन कार्यालयका अन्य १७ जना कर्मचारीको बिहीबार स्वाब संकलन गरिएको छ ।

गत शुक्रबार विराट अस्पतालका स्टाफलाई संक्रमण पुष्टि भएपछि डिन कार्यालयका कर्मचारीले आफ्नो सम्पर्क रहेको जानकारी दिइएका थिए । त्यसपछि उनलाई आईसोलेटेड गरिएको थियो । स्वाब संकलन गरेर परीक्षण गर्दा मंगलबार उनको संक्रमण पुष्टि भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *