प्राविधिक विषयमा बौद्धिक जनशक्ति निर्माण गर्ने उदेश्यका साथ मनास्लु वल्र्ड कलेजको स्थापना

काठमाडौं/१२ साउन – काठमाडौंको चुच्चेपाटीमा बहु-आयामिक शैक्षिक कार्यक्रम सहित मनास्लु वल्र्ड कलेज स्थापना गरिएको छ ।

युवा उद्यमीहरुद्वारा स्थापित मनाश्लु टिम अफ इन्टरप्रिनर प्रा.ली. द्वारा सञ्चालित मनास्लु वल्र्ड कलेजमा विद्यार्थीहरुलाई उद्यमशील बनाई व्यवसाय गर्न प्रेरित गर्ने उदेश्य लिएको छ । प्राविधिक विषयमा अब्बल र बौद्धिक जनशक्ति निर्माण गर्ने उदेश्यका साथ कलेजको स्थापना गरिएको हो ।

शिक्षा क्षेत्रमा लामो समयदेखि अनुभव संगालेर अध्यापन गराइरहेका तथा लामो समयदेखि विभिन्न स्कुलरकलेज संचालन गरी आफ्नो क्षेत्रमा ख्याति कमाएका शिक्षासेवी तथा प्राध्यापकहरुकको समूह मिलेर कलेजको निर्माण गर्न लागिएको हो ।

यसका साथै संस्थामा विभिन्न उद्यमशीलता तथा व्यापारिक क्षेत्रमा क्रियासिल संस्थाहरु समेत जोडिएका छन् । नविनतम सीपको प्रयोग गरी विद्यार्थी हरेक प्रकारले श्रृजनशील बनाउने र अध्ययन गरिसकेपछि आफैले विभिन्न व्यवसाय सञ्चालन गर्न सक्ने बनाउने गरी शिक्षा दिनु नै यस कलेको लक्ष्य रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *