सुर्खेतको सिद्धपाइला स्कुलका सबै शिक्षक तथा कर्मचारीहको काेरोना बिमा

काठमाडौं/१२ साउन- विरेन्द्रनगर नगरपालिका -१०,सुर्खेतमा रहेको सिद्धपाइला स्कुलले विद्यालयमा कार्यरत सबै शिक्षक तथा कर्मचारीहरुको काेरोना बिमा गरेको छ ।

सिद्धपाइला स्कुलले कोरोना संक्रमण बढीरहेको समयमा विद्यालयमा कार्यरत सबैको काेरोना बिमा गरेको हो। विद्यालयका प्रिन्सिपल नैन सिहं खत्रीका अनुसार विश्वबजारमा बढ्दो महामारी र नेपालमा कोभिड-१९ को फैलिदो जोखिमका कारण विद्यालका सबै कर्मचारीको जोखिम बहन गर्न बिमा गरिएको हाे ।

विद्यालयको विकास र विस्तारका लागि आफ्नो समय खर्चिरहेका सबै कर्मचारीको सुरक्षा विद्यालयको दायित्व भएकोले विद्यालयको सामाजिक उत्तरदायित्व निर्वाह गर्न बिमा गरिएको खत्रीले जानकारी दिए । उक्त विद्यालयमा करिब ५५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालय प्रशासनले जनाएको छ ।

आगामी दिनमा विद्यालयका सम्पूर्ण विद्यार्थीहरुको कोरोना बिमा गर्ने योजना विद्यालयकाे रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *