एमबीए:सुन्दर भबिष्यको खुडकिलो

काठमाडौं/ ११ साउन – एमबीए विश्वव्यापी र सफल व्यवस्थापन करियरका लागि एक चर्चित विषय हो । पैसा, यन्त्र र जनशक्तिको व्यवस्थापनका लागि लोकप्रिय बन्दै गएको विषयको ‘व्यवस्थापन शिक्षा’ मासटर्स इन विज्नेश एडमिनिस्टे«सन(एमबीए) विभिन्न उद्योग, कलकारखाना, बैंक लगायत क्षेत्रमा व्यवस्थापन तथा एन्टरप्रेनरसिप सिक्ने र युवालाई योग्य बनाउने विषय हो । सीधा अर्थमा भन्नु पर्दा कुनै पनि प्रकारको कारोबार सञ्चालनका लागि सीप सिकाउने कोर्ष हो । यो विषय नेपालमा करिब अढाइ दशक देखि अध्ययापन हुदै आइरहेकोे छ । एमबीए हरेक क्षेत्रसँग जोडिएको हुन्छ । हरेक क्षेत्रमा फाइनान्स हुन्छ भने फाइनान्ससँगै एमबीए पनि जोडिएर आउँछ ।

एमबीए क्षेत्रगत हिसाबले निकै व्यापक कोर्स हो । यसभित्रका विद्यार्थीलाई र यसका जनशक्तिको खपतको दृष्टिले हेर्ने हो भने पनि यो निकै व्यापाक क्षेत्रका रुपमा लिन सकिन्छ ।एमबीए सबै बिषय पढेका र सबै क्षेत्र बाट आएका लाई पनि उक्तिकै महत्वपुर्ण बिषय भएको छ । स्नातकमा व्यवस्थापन पढेकाले मात्रै पढ्नुपर्छ भन्ने छैन । स्नातकमा जुन सुकै विषय पढेका विद्यार्थीलाई पनि एमबीएको अध्यान चाहिने अवस्था आइसकेको छ । नाम मात्रका अन्र्तराष्ट्रिय कलेजमा भर्ना हुँदा विद्यार्थीहरुले समय र पैसा दुबै गुमाउनु पर्ने अवस्था आउन सक्छ । केही वर्ष अगाडि मात्रै केही कलेजमा यस्तै समस्या सिर्जना हुँदा विद्यार्थीको बिचल्ली हुनुपर्ने अवस्था सिर्जना भएको थियो ।

एमबीए पढाउने कलेजहरुमा नोलमा स्वदेशी र विदेशी गरी ५० को हाराहारीमा छन् । वर्षेनी एमबीए पढ्ने विद्यार्थीं बढ्दैछन भने उसै गरी कलेजहरु पनि बढ्दै गएका छन् । स्वदेशीको तुलनामा विदेशी विश्वविद्यालयका कलेजहरुको प्रचार प्रसार ठूलो छ । तर यसलाई अनुगमन गर्न नसक्दा विद्यार्थीहरुले भविष्यमा दुःख पाउने अवस्था आएको छ । नाम मात्रका इन्टरनेश्नल डिग्रीको पछाडि लाग्दा उर्भर समय नै खेर जान सक्नेतर्फ भने विद्यार्थी निक्कै चनाखो हुनुपर्ने अवस्था छ ।

भर्ना गर्नु भन्दा पहिला कलेजको जानकारी हासिल गर्न केही जाँगर देखाउनै पर्छ विशेष गरि अन्तरराष्ट्रिय विश्वविद्यालयको अन्यथा पछुताउनु पर्ने हुन सक्छ । विद्यार्थीले विश्वबिद्यालय छान्दा र कलेज छान्दा बिशेष ख्याल गर्नुपर्ने हुन्छ । एम बिए भनेको अन्य बिषय जस्तो होईन यसलाई बढि अभ्यास गर्नु पर्ने हुन्छ । आफ्नो सिपको पनि बिकास गर्नु पर्ने हुनाले किताबि तथा बाहिरी ज्ञानलाई बराबर प्रारथकितामा राखेर अध्ययन गनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *