एसईई पछि नर्सिङ पढ्ने की ? पुरुषले पनि पढ्न पाईन्छ


काठमाडौ/ ११ साउन – नर्सिङ पेशा धेरै युवतीहरूको रोजाइमा पर्ने गरेको पेशा हो । महिलाले मात्र अध्ययन गर्दै आइरहेको नर्सिङ विषय क्षेत्रमा शैक्षिक सत्र २०७५÷७६ देखि लागू हुने गरी १५ प्रतिशत पुरुषलाई पनि नर्सिङ अध्ययनमा समावेश गराइएको छ । त्यसैले नर्सिङ विषय अहिले महिला र पुरुष दुवैले पढ्न पाउने विषय भइसकेको छ ।

२०४६ मा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाई सुरु भएको थियो । चार ब्याच पछि नेपालमा पुरुषले नर्सिङ पढ्ने अवसर बन्द भयो । त्यस समयमा नेपालमा ८० जना पुरुष नर्स उत्पादन भएका थिए । कार्यक्रम बन्द भएको ३१ वर्षपछि पुरुषका लागि नर्सिङ खुल्ला गरेपनि प्रचारप्रसारको कमीका कारण पहिलो ब्याचमा ६० पुरुषले मात्र नर्सिङ विषय अध्ययन गरे भने अधिकांश कलेजमा पुरुष नर्सको कोटा खाली रह्यो ।

सेवाप्रदायक पेशाका रूपमा लिइने नर्सिङ ८० प्रतिशतभन्दा धेरै सीपमा आधारित पेशा हो । नर्सिङ गर्नका लागि सौद्धान्तिक र व्यवहारिक दुवै ज्ञान प्राप्त गर्नुपर्छ । सीपमा आधारित र सामाजिक सेवा भएकोले गर्दा पनि नर्सिङ पढ्न चाहाने विद्यार्थीहरूको चाम बढ्दै गईरहेको छ । पहिला पहिला नर्सिङ पढे छोरी बिग्रिन्छ भन्ने मान्यता भएको भएपनि आजभोलि अधिकांश अभिभावकको चाहान नर्सिङ पढाउने रहेको छ ।

नेपालमा नर्स बन्नका लागि विद्यार्थीहरूलाई दुईवटा बाटो छ । एउटा एसईई उत्तीर्ण गरेपछि र अर्को माध्यमिक तह (कक्षा १२) उत्तीर्ण भएपछि नर्सिङ पढ्न पाइन्छ । धेरै विद्यार्थीहरूले एसईईपछि नै नर्सिङ पढ्नका लागि तयारी गर्छन् । एसईई उत्तीर्ण गरेपछि एचयाष्अष्भलअथ ऋभचतषष्अबतभ ीभखभ ि(पीसीएल नर्सिङ) अध्ययन गर्न सकिन्छ । प्रवीणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङ कोर्षको मुख्य उद्देश्य भनेको पहिलो तहको व्यवसायिक नर्स निर्माण गर्नु हो । सीटीईभीटीबाट सम्बन्धन लिएका १ सय १२ वटा कलेजहरूमा पीसीएल नर्सिङ पढाइ हुँदै आईरहेको छ । ३ वर्षे पीसीएल नर्सिङ कोर्षलाई नेपालमा प्लस टु को मान्यता दिइएको छ ।

सीटीईभीटी अन्तर्गतका कलेजहरूमा एसईईमा न्युनतम सी ग्रेड ल्याएका विद्यार्थीहरूले पीसीएल नर्सिङ कोर्ष अध्ययन गर्न पाउँछन् भने अंग्रेजी, म्याथ र विज्ञान विषयमा २ जीपीए आउनुपर्छ । यो कोर्ष गर्न चाहाने विद्यार्थीहरूले सीटीईभीटीबाट लिइने सय पूर्णांकको प्रवेश परीक्षा पनि उत्तीर्ण गर्नुपर्ने हुन्छ । प्रवेश परीक्षामा विज्ञानबाट ४५ अंकको, अंग्रेजीबाट २५ अंकको, म्याथबाट १० अंकको र हेल्थबाट २० अंकको प्रश्न सोधिन्छ ।

यसैगरी सीटीईभीटीले पीसीएल नर्सिङ अन्तर्गत छात्रावृत्ति पनि प्रदान गर्दै आईरहेको छ । छात्रावृत्तिमा अध्ययन गर्नका लागि विद्यार्थीहरूले सीटीईभीटीले लिने छात्रावृत्ति परीक्षा उत्तीर्ण गर्नुपर्छ । सीटीईभीटीले नर्सिङको जम्मा कोटाको १० प्रतिशत छात्रावृत्ति दिँदै आईरहेको छ ।

सीटीईभीटीले एसईईको नतिजा सार्वजनिक भएको १ हप्ता पछि भर्ना खुला गर्छ भने १ महिनापछि प्रवेश परीक्षा लिने गरेको छ सीटीईभीटीबाट सम्बन्धन लिएर नर्सिङ कोर्ष सञ्चालन गरेका प्रत्येक कलेजमा ४० जनाको कोटा छुटाइएको छ । नर्सिङ पढ्नका लागि सीटीईभीटी अन्तर्गतका कलेजहरूमा करिब ५ लाख रुपैयाँ लाग्छ ।

यसैगरी पीसीएल नर्सिङ कोर्ष त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र बीपी कोइराला इन्स्टियुट अफ हेल्थमा पनि पढाई हुन्छ ।


अध्ययन सकेपछि नै रोजगारी पाउने सम्भावना भएकाले पनि यो विषय विद्यार्थीहरूको रोजाइमा परेको हो । पीसीएल कोर्ष गरेका विद्यार्थीहरूले पनि स्नातक तहमा बीएस्सी नर्सिङ, एमएस्सी नर्सिङ र पीएचडी समेत गर्न पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *