तनहुँका निजी विद्यालय साउन १५ बाट सञ्चालन गर्ने

काठमाडौं/११ साउन- प्याब्सन र एन- प्याब्सन तनहुँले साउन १५ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् ।

शनिबार दमाैलीमा बसेकाे संयुक्त बैठकले सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्ने निर्णय गरेकाे हाे । काेराेना भाइरसका कारण चैतदेखि बन्द विद्यालय स्थानीय तहले खाेल्न स्वीकृत दिएकाे थियाे ।

लामाे समयदेखि विद्यालय बन्द हुँदा शिक्षक, कर्मचारीलाई समस्या भएकाे भन्दै बैठकले साउन १५ गतेबाट विद्यालय सञ्चालन गरी भर्ना अभियान सुरु गर्ने समेत निर्णय गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *