काठमाडौं/१० साउन- त्रिभुवन विश्वविद्यालयकाे व्यवस्थापन संकायका परीक्षा भदौकाे दोस्रो सातादेखि सञ्चालन गरिने भएकाे छ । त्रिवि व्यवस्थापन संकायका रोकिएका परीक्षाहरू भदौकाे दोस्रो सातादेखि सञ्चालन हुने डीनको कार्यालयले जानकारी दिएकाे छ ।
शुक्रबार एक सूचना जारी गर्दै सहायक डीन प्राडा. ध्रुवकुमार गौतमले स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि र स्नातक तहको प्रथम, तेस्रो, पाँचौँ तथा सातौँ तहका सत्रान्त परीक्षाहरू भदौ तेस्रो सातादेखि सञ्चालन हुने बताए ।
सरकारलले जारी गरेकाे लकडाउन पनि खोलेको अन्त्य भएसँगै स्थगित परीक्षा सञ्चालन गर्न लागिको कार्यालयले जनाएको छ ।