पूर्वाञ्चल विश्वविद्यालयमा नियमति पढाइ सुरु, भदौकाे पहिलाे सातादेखि परीक्षा

काठमाडौं/८ साउन- पूर्वाञ्चल विश्वविद्यालयले लकडाउनका स्थगित भएकाे पूर्व निर्धारित परीक्षाहरु भदौ महिनाकाे पहिलाे सातादेखि सञ्चालन गर्ने भएकाे छ ।

नेपाल सरकारले ताेकेकाे भाैतिक दूरी र स्वास्थ्य सम्बन्धि निर्देशिका पालना गरी सम्बन्धित क्याम्पस/ कलेजहरुमा नै परीक्षा केन्द्र कायम हुने गरि परीक्षा सञ्चालन गर्ने भएकाे छ ।

यस्तै, पूर्वाञ्चल विश्वविद्यालयका क्याम्पसहरु हिजाेदेखि खुलेकाे छ । नेपाल सरकारले लकडाउनकाे अन्त्य भएकाे घाेषणा गरेसँगै विश्वविद्यालयकाे नियमति पठनपाठन र पुस्तकालय सञ्चालनका साथै नेपाल सरकारले निषेध गरेका बाहेक अन्य कार्यहरु सञ्चालन गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *