मध्यपश्चिमाञ्चल विश्वविद्यालय आजदेखि सञ्चालनमा

काठमाडौं/७ साउन- लकडाउनका कारण चैत १० गतेदेखि बन्द भएकाे मध्यपश्चिमाञ्चल विश्वविद्यालय आजदेखि सञ्चालनमा आएको छ ।

सरकारले साउन ६ गते राति १२ बजेदेखि लकडाउन अन्त्य गर्ने निर्णयसँगै विश्वविद्यालयका सबै निकायका कार्यालय, क्याम्पस र स्कुलहरुको स्थगित सम्पूर्ण शैक्षिक गतिविधि आजदेखि सञ्चालनमा आएको हाे ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी अध्ययनरत विद्यार्थीहरुको पठनपाठन र पुस्तकालय संञ्चालन लगाएत नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक अन्य सवै कार्यहरु संञ्चालन गर्ने गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सबै क्याम्पसहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई पालना गर्दै आजैका मितिदेखि सञ्चालनमा आएको जानकारी दिएकाेे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *