काठमाडौं/१३ मंसिर– नेपालमा हरेक वर्ष मंसिर १३ गते राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोगलाई अंग्रेजीमा ट्युुबरक्युलोसिस (टिबी) भन्ने गरिन्छ । सन् १८८२ मार्च २४ मा डा. रोर्वट कोचले क्षयरोगको किटाणु पत्ता लगाएका थिए । यो रोग माइकोब्याक्टेरियम ट्युुबरक्युुलोसिस नामको ब्याक्टेरियाको कारणले लाग्ने गर्छ । यसले फोक्सोमा सबै भन्दा चाडो आक्रमण गर्नुुका साथै शरीरका अन्य भागहरुमा पनि असर गर्छ ।
राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा करीब ५० प्रतिशत जनसंख्यामा क्षयरोगको जोखिममा रहेकोमा वर्षेनी ५ देखि ७ हजारको मृत्यु हुने गरेको छ । १५ देखि ४५ वर्षका मानिसहरुमा बढी क्षयरोगी देखिएका छन् । नेपालमा वर्षेनी ४५ हजार नयाँ क्षयरोग थपिने विश्व स्वास्थ्य संगठनले जनाएको छ । केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष थपिने ४५ हजार नयाँ बिरामीसँगै पुराना १५ हजार गरेर वार्षिक ६० हजारको उपचार हुने गरेको केन्द्रले जनाएको छ । क्षयरोगको बिरामी संख्या ६० हजार देखिए पनि ३२ हजार मात्र उपचारको दायरामा आउने गरेका छन् ।
सन् २०१७ मा १० लाख बालबालिकामा टिबीका कारण बिरामी परेकोमा २ लाख ३० हजार जनाले ज्यान गुमाएका थिए । ५ वर्ष मुुनीका बालबालिका, भर्खरै क्षयरोग, कमजोर रोग प्रतिरोध क्षमता भएका, क्षयरोग औषधीको डोज पूर्ण नगरेका मानिसहरुमा यसको संक्रमण देखिने गरेको छ ।
क्षयरोग लागेका व्यक्तिमा यसका किटाणु सक्रिय हुन्छन् । त्यस्ता व्यक्तिले हाच्छिउँ गर्दा वा खोक्दा निस्किने छिटाको माध्यमबाट हावामा फैलिएर अन्य व्यक्तिमा सर्ने गर्दछ ।
क्षयरोग लागेको कसरी थाहा पाउने ?
३ हप्ता वा सो भन्दा बढी खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा, छाती भारी भइरहेमा, अकस्मात धेरै तौल घटेमा, साँझपख ज्वरो आएमा, राति सुुतेको बेलामा पसिना आएमा, थकान बढी महसुुस भएमा क्षयरोग भएको हुुन सक्छन् । क्षयरोग लागेको शंका लागेमा अस्पतालमा गएर स्वास्थ्य जाँच गराउनुु पर्छ ।
क्षयरोगका बिरामीलाई नेपाल सरकारले स्वास्थ्य मन्त्रालयमार्फत प्रत्येक स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रबाट निःशुुल्क उपचार गर्दै आएको छ । दक्ष स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरामीमा दैनिक रुपम ाडट्स केन्द्रबाट औषधी प्रदान गरिन्छ भने औषधीले गर्दा देखिएको साइड इफेक्टहरु बेलैमा अवलोकन गरी आवश्यक कदम चालिन्छ ।
क्षयरोगका उपचारका लागि प्रयोग हुने औषधीहरु आइसोनियाजाइड, रिफाम्पिसिन, इथाम्बुटोल, पाइराजिनामाइड हुन् । यी चार वटा औषधी पहिलो २ महिनासम्म दिइन्छ भने अर्को ४ महिनासम्म आइसोनियाजाइड र रिफाम्पिसिन मात्र दिने गरिन्छ । यी औषधीहरुले काम नगरेको खण्डमा आवश्यक जाँच गरी अन्य अनेकौं औषधी चलाइन्छ । औषधीको नियमित प्रयोग नगरेको खण्डमा पुनः रोग बल्झिने सम्भावना उत्तिकै हुन्छ ।