बिश्वबिद्धालयहरु सिलेबस केन्द्रित छन्, ब्यक्ति केन्द्रित छैनन्


नेपालमा बर्सेनि ३५ सय जना इन्जिनियर उत्पादन हुन्छ भन्नेकुरा नेपाल इन्जिनियरिङ काउन्सिलको रिपोर्टले भन्छ। छिमेकी देश भारतको कुरा गर्ने हो भने प्रति बर्ष १५ लाख इन्जिनियर उत्पादन हुन्छ तर दुखद कुरा यी दुबै देशमा उत्पादन भएका इन्जिनियर सबैभन्दा बढी प्रतिशतमा बेरोजगार छन् । आज देशमा शैक्षिक भनिएका बेरोजगार उत्पादन गर्ने कारखाना भनेका कलेज तथा बिश्वबिद्धालयहरु बनेका छन् । यसको मुल जरो भनेको शैक्षिक प्रणालीमा हुनुपर्ने आवधिक सुधार हुन नसक्नु नै प्रमुख कारण हो। बिश्वबिधालय को कुल बजेट को कति प्रतीशत शैक्षिक सुधार र अन्वेषणमा खर्च हुन्छ भन्ने जान्न खोजे झन् दुखी बन्नुपर्ने हुन्छ।

आज देशमा शैक्षिक भनिएका बेरोजगार उत्पादन गर्ने कारखाना भनेका कलेज तथा बिश्वबिद्धालयहरु बनेका छन् । यसको मुल जरो भनेको शैक्षिक प्रणालीमा हुनुपर्ने आवधिक सुधार हुन नसक्नु नै प्रमुख कारण हो।

हाम्रो शिक्षा प्रणालीको जग बसाल्ने कामको शुरूवात राणा शाशकहरुबाट भयो। राणा, पन्चायत , प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा त्यसैमा जोड घटाउ गर्दै चलिरहेको छ। राणा र पन्चायत कालमा नेपालको शिक्षा प्रणाली बनाउदै गर्दा भारतको सिको गरियो। भारतमा बृटिस इस्ट ईन्डिया कम्पनीले तात्कालिक जनशक्तिको आवश्यतालाइ मध्यनजर गर्दै बनाएको थियो।बृटिस भारतलाइ तात्कालिक समयमा दुई किसिमका मानवश्रोतको आवश्यकता थियो। एक जो कृएटिभ हुन नपर्ने, अह्राएको गर्ने क्लरिकल खालका जनशक्ति , दोश्रो आफ्नो भाषालाई जनमानसमा पुर्याउन सक्ने अङ्ग्रेजी भाषामा दखल भएका जनशक्ति । अहिलेको शैक्षिक जनशक्तिलाई हेर्दा ठ्याक्कै यी दुई जनशक्ति बजारमा भेटिन्छ ।

इन्जिनियरिङ नै पढेकाहरु पनि अह्राएका गर्ने बाहेक कृएटिभ केही गर्न नसकेको देखिन्छ भने अर्कातिर अङ्ग्रेजी जानेका र त्यसै आधारमा बिज्ञ ठानिने जनशक्ति पनि बजार भरी भेटिन्छन् । चीन, जापान, रसिया तथा फ्रान्स लगायतका देशहरूमा अङ्ग्रेजी भाषा मोह त्यति धेरै देखिन्न तर बृटिश औपनिवेशिक मुलुक र त्यसका आसपासका मुलुकहरूमा अङ्ग्रेजी मोह झपक्कै छोपेको छ। अङ्ग्रेजी नजान्नु भनेको अरु भाषा जान्नु हो भनेर समाजले बुझ्न चाहदैन। बरु अङ्ग्रेजी नजान्नु भनेको अनपढ र गवांर हुनु हो भन्ने समाजले जरो गाडेको अवस्था हो जुन अहिलेको शिक्षा प्रणाली कै उपज हो भन्नेमा दुइमत छैन। एउटा बिद्यार्थी जांचमा रटेरै लेखेको भरमा A+ ग्रेड ल्याउछ र उत्कृष्ट कहलिन्छ। जांचमा नेपालीमा A+ ल्याउने ले नेपाली शुद्ध संङ्ग लेख्न बोल्न सक्दैन भने गल्ती कस्को होला भन्नुस।

नेपाली शिक्षाको उत्कृष्ट प्रोडक्ट जसले बिश्व बिख्यात पुरस्कार पाएका थिए ती कति छन् र को को हुन् भनी सोध्ने हो भने नाम लिन गाह्रो छ। हाम्रै शिक्षा प्रणालीका प्रोडक्ट प्रा. डा. सुर्य सुबेदी , महाबिर पुन, स्वर्णिम वाग्ले लाइ मान्ने नै हो भनेपनी वहाँहरुको प्रारम्भिक शिक्षा नेपाल मै भएपनि विशेषज्ञता हासिल समुन्द्रपारिका देशहरु नै हुन् । किन नेपाली शिक्षाले त्यो दक्षता र विशेषज्ञता प्रदान गर्न सकेन भन्ने कुरामा गहन अध्ययन आवश्यक छ। उच्च अध्ययनको बिषय छनौटलाई नियाल्ने हो भने राम्रो ग्रेड हासिल गर्नेहरुको पहिलो रोजाइ बिज्ञान , दोश्रो रोजाइ कमर्स, तेस्रो रोजाइ आर्ट्स र चौथो रोजाइ शिक्षा शास्त्र हो। जुन देशमा शिक्षा शास्त्र बिद्यार्थीको अन्तिम रोजाइ पर्छ त्यो देशको शैक्षिक प्रणालीमा सुधार हुन बर्षौ कुर्नुपर्ने हुनसक्छ।

बिश्वबिद्धालय सिलेबस केन्द्रित छ, ब्यक्ति केन्द्रित छैन। हरेक ब्यक्तिको आफ्नै सबल पक्षहरु हुन्छन र कमजोरीहरुपनी। सर्प, हात्ती , माछा र बांदरलाइ एकै स्थानमा राखेर रुख चढ्न सिकायो भने के हुन्छ ? अहिले त्यस्तै भएको छ। पौराणिक ग्रन्थ महाभारतमा पनि गुरु द्रोणाचार्यले पांच पान्डवलाइ शिक्षा दिंदा उनिहरुको शारीरिक र मानसिक दक्षतालाइ मापन गरि अलग अलग ज्ञान, सीप र कौशल सिकाएका थिए भन्ने बिर्सेको हो र ! यति उदाहरण काफी छ। नेपाली शिक्षामा तल्लो बर्गका जनताको मात्र मोह देखिन्छ हैन भने नेता, राजनेता , उधोगी, ब्यापारी , सरकारी उच्च पदस्त कर्मचारी , ब्यान्करका छोराछोरीहरु नेपाल मै उच्च शिक्षा किन पढ्दैनन सोचनिय बिषय हो।

नेपाली शिक्षामा तल्लो बर्गका जनताको मात्र मोह देखिन्छ हैन भने नेता, राजनेता , उधोगी, ब्यापारी , सरकारी उच्च पदस्त कर्मचारी , ब्यान्करका छोराछोरीहरु नेपाल मै उच्च शिक्षा किन पढ्दैनन सोचनिय बिषय हो।

अझ वास्तब मै भन्ने हो भने राजनितिक नेताहरुले जुन क्षेत्रबाट उठेर चुनाब जितेका छन, त्यै क्षेत्र मै भएका स्कुल र कलेजहरुमा आफ्ना छोराछोरी पढाउनु पर्ने हो।तब मात्र त्यहाँका सरकारी स्कुल र कलेजहरु सुध्रिन सक्छन् ।

लोकसेवा आयोगको जांच दिन बर्सौसम्म तयारीमा बस्नेहरु भेटिन्छन् । सरकारी जागीर किन खानुपर्ने भनेर सोध्ने हो भने जागिर स्थायी हुन्छ भन्ने पहिलो जवाफ आउँछ ।मतलब काम गरेन भने पनि जागीर बाट निकालिन्न भन्ने बुझ्नुपर्ने हुन्छ।यस्तो बिकृत सोच दिमागमा किन आउँछ भने हाम्रो हालको जुन एजुकेसन सिस्टम छ यस्ले ग्राजुएटलाइ त्यो बिश्वास नै दिलाउन सक्दैन कि जुन डिग्री लिएको छु त्यसको बलमा म जहाँ वा जुनसुकै संस्थामा गए पनी जागीर पाउँछु र आफ्नो दक्षताको आधारमा टिक्छु भन्ने।

आउँदो ५ बर्ष पछिको नै कुरा गर्ने हो भनेपनि टेक्नोलोजीले यस्तो द्रुत गतिमा बिकाश गर्दै छ कि आजको पढाइको पाँच बर्ष पछि औचित्य रहन्छ कि रहन्न भन्न गाह्रो छ। क्लाउड कम्प्युटिङ्ग, एस.इ.ओ., डिजिटल मार्केटिङ जस्ता जबहरु केही बर्ष अघिसम्म थिएनन् । भबिस्यका जबहरु आर्टिफिसियल इन्टेलिजेन्स, ईन्टरनेट अफ थिङ्स, ड्रोन टेक्नोलोजीमा हुने होलान् ।

आउँदो ५ बर्ष पछिको नै कुरा गर्ने हो भनेपनि टेक्नोलोजीले यस्तो द्रुत गतिमा बिकाश गर्दै छ कि आजको पढाइको पाँच बर्ष पछि औचित्य रहन्छ कि रहन्न भन्न गाह्रो छ। क्लाउड कम्प्युटिङ्ग, एस.इ.ओ., डिजिटल मार्केटिङ जस्ता जबहरु केही बर्ष अघिसम्म थिएनन् । भबिस्यका जबहरु आर्टिफिसियल इन्टेलिजेन्स, ईन्टरनेट अफ थिङ्स, ड्रोन टेक्नोलोजीमा हुने होलान् ।

त्यसैले हामीले स्कुल तथा बिश्वबिध्यालयमा बिश्वमै प्रतिस्पर्धा गर्न योग्य जनशक्ति निर्माण गर्न शैक्षिक प्रणालीमा व्यापक परिवर्तन गर्नु पर्दछ। बाजारमा अत्याधिक आवश्यक पर्ने सीप र दक्षतायुक्त जनशक्ति उत्पादन गर्न चाहिने सिलेबस , टेक्नो फ्रेन्डली शिक्षक , टेक्नोलोजीले भरिपुर्ण शैक्षिक वातावरण र निरन्तर परिवर्तनिय सिकाइ संस्कृतिलाई अंगिकार गर्ने शिक्षा प्रणाली आजको आवश्यकता हो।अन्यथा बिद्यार्थी उचित शिक्षाको खोजीमा वैदेशिक गन्तव्य छान्न बाध्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *