विश्वविद्यालय रजिष्टार पदको लागि १९ आवेदन


काठमाडौ/ ३१ असार – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्टार पदको लागि १९ जनाको आवेदन परेको छ । यहि असार २२ गते देखि २८ गते सम्म समया तोकिएकोमा रजिष्टार पदको लागि १९ जनाको दरखास्त परेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए ।


रजिष्टार पदको लागि पुर्व डिन देखि विश्वविद्यालयकै सहप्राध्यापकले आवेदन दिएका छन् भने १९ जनामा दर्जन बढी कर्णाली प्रदेशभित्रबाट आवेदन परेको छ ।


आवेदन दिनेहरुमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका डिन एवम् सेवा आयोगका सदस्य भइसकेका प्रा.डा.केशरसिंह राना, पूर्व डिन प्रा.डा. दीपबहादुर रावल, सह– प्राध्यापक अनन्दराज घिमिरे, प्रा.डा. नारायप्रसाद शर्मा, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख जीतबहादुर शाह र डा. बुद्धि सापकोटा लगायतले आवेदन दिएका छन् ।


साथै तिन सदस्यीय छनोट समिति गठन गरि छिटै नै रजिष्टार छनोट गरिने विश्वविद्यालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *