कक्षा ११ को नयाँ पाठ्यक्रमसंगै अब विषय कसरी छान्ने ?

काठमाडौ/३१ असार – राष्ट्रिय परीक्षा बोर्डले साउनको  दोस्रो हप्ता माध्यमिक तह कक्षा १० को अन्तिम परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयार गरिरहेको छ । जिल्ला शिक्षा तथा समन्वय इकाईबाट विद्यालयले पठाएको आन्तरिक मूल्यांकनलाई आधार मानी बोर्डले ग्रेडिङ्ग प्रणाली अनुसार नतिजा सार्वजनिक गर्ने छ । अहिले करिब पाँच लाख विद्यार्थी नतिजाको पर्खाइमा छन् ।

नतिजा कस्तो आउँछ विद्यार्थीलाई चिन्ता

कोरोना कहरका कारणले एसईई परीक्षा जेठ २९ गते बसेको मन्त्री परिषद्को बैठकले रद्द गरी विद्यालयको आन्तिरक मुल्यांकनलाई आधार मानी नतिजा सार्वजनिक गर्ने निर्णय गयो सरकारको या निर्णयसँगै कार्यविधि बनाई मुल्यांकनको काम भईरहेको छ । तर, धेरै विद्यार्थीहरुलाई नतिजा कस्तो आउँछ भन्ने कुराले चिन्तित बनाएको छ ।

लिखित परीक्षा दिएको भए आफूले कस्तो गरे, कुन विषय राम्रो भयो भन्ने हेक्का विद्यार्थीलाई हुन्थ्यो । यसले गर्दा पनि विद्यार्थीहरु अन्योलमा छन्, आफूले सोचे जस्तो अंक आउँछ कि आँदैन भनेर, विद्यालयले सहि मुल्यांकन गर्छ कि गर्दैन भनेर ।अघिल्लो वर्षहरुमा विद्यार्थीको लिखित परीक्षामा निर्भर अंक यसवर्ष विद्यालयमा निर्भर छ । आफूले सोचे जस्तो अंक नआएमा यसवर्ष विद्यार्थीले पुनयोग ग्रेड वृद्धिका मौका पनि पाउने छैनन् । यस्तै, निजी विद्यालयका अभिभावक र विद्यालयले यसको फाइदा उठाउने आशंका पनि उत्तिकै छ ।

निजी विद्यालयका छाता संगठन प्याब्सन र एन-प्याब्सनले संयुक्त विज्ञप्ति नै जारी गरी विद्यार्थीको मुल्यांकनमा पारर्दशिता अपाउन निजी विद्यालयलाई आग्रह गरेका थिए । विद्यालयले कतिको पार्दशिता देखाउँछन्, त्यसका लागि भने नतिजा नै कुर्नु पर्ने हुन्छ ।

कक्षा ११ मा भर्नाका लागि नयाँ मापदण्ड बनाइने

 राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा भर्नाका लागि नयाँ मापदण्ड बनाउने जनाएको छ । केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले नतिजा सार्वजनिक भएपछि कति जीपीए आएकाले कुन विषय पढ्न पाउने, कुन विषय पढ्न कति ग्रेड चाहिन्छ त्यसका आधारमा मापदण्ड बनाउने जनाएका छन् । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ मा संकाय प्रणाली हटाई एकल पथीय प्रणाली लागू गर्ने तयारी गरिरहेको छ । केन्द्र केही दिन मै कक्षा ११ को नयाँ पाठ्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

अब विषय कसरी छान्ने ?

अघिल्लो वर्षहरुमा नतिजा सार्वजनिक भएसँगै विद्यार्थी कलेज र विषय छनोट गर्न थाल्थे । आफू अनुकुल कलेज र विषय छनोट गर्नु नै विद्यार्थीको पहिलो प्राथमिकता हुन्थ्यो । आफूले प्राप्त गरेको जीपीएका आधारमा विषय छनोट गरी विद्यार्थी कलेज कलेज चार्थे । तर, यसवर्ष संकाय प्रणाली हटि नयाँ पाठ्यक्रम लागू हुने भएको छ भने कक्षा ११ मा भर्नाका लागि नयाँ मापदण्ड बन्दैछ । जसले गर्दा पनि विद्यार्थीले विषय छनोट र कलेज छनोटमा विशेष ध्यान दिनुपर्छ ।

कक्षा ११ र १२ लाई विद्यालय तहमा गाभिएकाले अब कलेज भन्न मिल्दैन । नयाँ पाठ्यक्रम लागू भएका कक्षा ११ मा तीन वटा अनिवार्य विषय र तीन वटा एेच्छिक विषय पढाइ हुन्छ भने क्रेडिट आवर कम भएको विषय पढेमा थप एक विषय विद्यार्थीले पढ्न सक्छन् ।

कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक विषयलाई अनिवार्य विषय बनाइएको छ । विद्यार्थीहरुले ऐच्छिक विषय छनोट गर्दा भोलि आफू कुन क्षेत्रमा जाने हो, सोहि अनुसार छनोट गर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *