काठमाडौं/२५ असार – चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले क्वारेन्टिनमा बसेर मात्र परीक्षामा सहभागी हुन परीक्षार्थीलाई निर्देशन जारी गरको छ । विद्यार्थीले काठमाडौ प्रवेश गरेपछि अनिवार्य होम क्वारेन्टिन वा आईओएमले तोकेको होटलमा क्वारेन्टिनमा बस्न भनिएको छ । होटल क्वारेन्टिनमा बस्नेहरुले दिनको २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
साथै परीक्षामा सहभागि विद्यार्थीले एक हप्ताअघि अनिवार्य रुपमा पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नु पर्नेछ । पीसीआर परीक्षणका लागि सरकारले तोकेको कोरोना भाइरसको हटस्पटबाट आएकाले निशुल्क पाउनेछन् भने अरुले पाँच हजार पाँच सय रुपैयाँ तिरेर जाँच गराउनुपर्ने उक्त निर्देशनमा भनिएको छ ।
आईओएमको परीक्षा नियन्त्रण महाशाखाले बिहीबार परीक्षामा सहभागी विद्यार्थीका लागि ५ बुँदे निर्देशन जारी गरेको छ । परिक्षा भने साउन ९ गतेदेखि हुने छ । यदि पीसीआर पोजेटिभ आएमा २ हप्ता क्वारेन्टिनमा बस्नुपर्नेछ र अहिलेको परीक्षामा सहभागी हुन पाउनेछैनन् । उनीहरु पछि हुने जाँचमा मात्र सहभागी हुन पाउनेछन् ।
यस्तो छ सूचना:
