विद्यालयमा आगोलागी, दुई लाखको क्षति


काठमाडौं/२५ असार – लमजुङमा रहेको हेभेन हिल एकेडेमी स्कुलमा हिजो राति आगोलागी भएको छ ।
विद्यालयमा आगोलागी हुँदा दुई लाख बराबरको क्षति भएको विद्यालयका प्रिन्सिपल शमशेर थापाले जानकारी दिए ।

आगोलागीबाट तीन वटा ल्यापटप, एउटा प्रिन्टर, बुकका साथै भौतिक क्षति भएको उनले बताए । आज दिउँसो ११ बजे विद्यालय पुग्दा विद्यालयमा आगोलागी भएको थाहा पाएको उनको भनाइ छ । ढोका फोडेको र लाइन नभएको कोठामा आगोलागी भएकाले उनले कसैले जानीजानी आगो लगाईदिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

आगोलागीका विषयमा थप अनुसन्धान गर्नका लागि प्रहरीमा उजुरी गरेको उनले खबर एजुकेशनलाई जानकारी दिए ।
कक्षा ६ सम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा एक सय १५० जान विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *