असार ३० गतेभित्र एसईईको मूल्यांकन विवरण पठाउन निर्देशन

काठमाडौं/१० असार–राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एक सूचना जारी गरी विद्यालयको मूल्याङ्कन समितिद्वारा तयार गरेको प्रमाणित प्राप्ताङ्क तालिका (मार्क लेजर) असार २० गते भित्र अनिवार्य रुपमा शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउन भनेको छ ।
यस्तै, इकाईहरुले असार ३० गतेभित्र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा पठाउनु पर्ने उक्त सूचनामा उल्लेख गरिएको छ ।
कोरोना भाइरस महामारीको कारण चैत ५ गते स्थगित भएको एसईई परीक्षा जेठ २८ गते बसेको मन्त्री परिषद्को बैठकले रद्द गर्ने निर्णय गरेसँग विद्यालयको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्नका लागि बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालको संयोजकत्वमा कार्यविधि निर्माण समिति गठन गरिएको थियो । समितिले हिजो मंगलबार कार्यविधि निर्माण गरी स्वीकृत गरेको छ । विद्यालयले सोही कार्यविधि अनुसार अन्तिम परीक्षाका आधारमा विद्यार्थीहरुको मूल्यांकन गरी पठाउनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *