एसईईकाे नतिजा निर्धारण गर्ने निर्णयलाई कार्यान्वयन गर्न कार्यदल गठन

काठमाडौं /६ असार- सरकारले विद्यालयकै मूल्यांकनलाई मानी एसईईकाे नतिजा निर्धारण गर्ने निर्णयलाई कार्यान्वयन गर्नका लागि कार्यदल गठन गरेकाे छ ।

परीक्षा बाेर्डका सदस्य- सचिव दुर्गा अर्यालकाे संयाेजकत्वमा कार्यदल गठन गरिएकाे हाे। कार्यदललाई तीन दिन भित्र कार्यविधि तयार पार्ने जिम्मेवारी दिएकाे छ । कार्यविधि बनेपछि विद्यालयहरुले साेही अनुसार अंक पठाउनेछन् भने बाेर्डले साेही अनुसार प्रमाणपत्र दिने छ ।

काेराेना भाइरस संक्रमणकाे जाेखिम बढे सँगै सरकारले चैत ५ गते एसईई परीक्षा स्थागित गरेकाे थियाे भने जेठ २८ परीक्षा नगर्ने निर्णय गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *