डा.दिव्या सिंह शाह आईओएमको डिनमा नियुक्त

काठमाडौं/४ असार– त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा डा.दिव्या सिंह शाह नियुक्त भएकी छिन् ।
शाहलाई बुधबार प्रा.डा प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटिले डिनका लागि सिफारिस गरेको गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत रहेकी शाहलाई त्रिवि कार्यकारी परिषद्ले डिनमा नियुक्त गरेको हो ।
शाहसँगै कमिटिले प्रा.डा. प्रदीप वैध र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम पनि डिनका लागि सिफारिस गरेको थियो । आईओएमका तत्कालीन डिन प्रा.डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण जेठ २१ गते अवकाश पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *