शिक्षा मन्त्री द्धारा यो वर्ष एसईई नगर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस


काठमाडौ /२८ जेठ- कोरोना भाइरसको कारण स्थगित भएको यो वर्षको एसईई परिक्षा नगर्ने मन्त्रिपरिषद्मा प्रस्ताव लगिएकोे छ ।


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लगेका हुन् ।


कोरोना भाइरसको संक्रामितको संख्या बढ्दै जाँदा विद्यालय खुल्ने अनिश्चित भए पछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर विद्यार्थीलाई प्रमाणपत्र दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छन् । उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताइएको छ भने बैठकमा मन्त्री गिरिराजमणि पोखरेलले उक्त प्रस्ताव पेस गरेका छन् ।


यदि उक्त प्रस्ताव क्याबिनेटले पारित गरेपछि यो वर्ष एसईई हुँदैन । विद्यालयको मूल्याङ्कनलाई आधार मानिन्छ ।
आज विहान बसेको शिक्षा मन्त्रालयको वैठकले परिक्षा सञ्चालन नगर्ने र सोहि व्यावस्थाका लागि एसईई परिक्षा नगर्ने मन्त्रिपरिषद्मा प्रस्ताव लाने निर्णय गरेको थियो ।


कक्षा ११ र १२ को हकमा भने ११ को परिक्षा नलिने मन्त्रालयको सोच रहेको छ भने कक्षा १२ को उपयुक्त समयमा गरिने स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *