इक्यानले गर्यो आफ्ना सबै सदस्य र कर्मचारीको कोरोना बीमा


काठमाडौं/२७ जेठ-नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आफ्ना सबै सदस्य र कर्मचारीको कोरोना बीमा गरेको छ । इक्यान अध्यक्ष प्रकाश पाण्डेले इक्यानका सबै ४६३ जना सदस्य र ९ जना कर्मचारीको कोरोनाबीमा गरेको जानकारी दिए ।


उनका अनुसार सबै कर्मचारी र सदस्यको १ लाख रुपैयाँ बराबरको बीमा गरिएको हो । जसवापत प्रतिव्यक्ति ६ सय रुपैयाँ खर्चिएको छ । बीमाको अवधि १ वर्षका लागि हुनेछ । बीमा गरेको १४ दिन पछि यो एक्टिभ हुनेछ ।

त्यसैगरी कोरोना भाइरसको महामारी र त्यस पछि मुलुकमा लागू भएको लकडाउनका कारणले व्यवसायमा समस्या सिर्जना भएको र लकडाउनपछि व्यवसाय बचाउन व्यवसायीहरुलाई बैंकबाट सफ्ट लोन लिनका लागि आवश्यक छलफल भइरहेको समेत अध्यक्ष पाण्डेले जानकारी दिए ।


गत चैत ११ गतेदेखि मुलुकमा लकडाउन भएका कारण अहिले शैक्षिक परामर्श क्षेत्र प्रभावित बनेको छ । त्यसै गरि इक्यानले यस अवधिमा विदेशमा रहेका विद्यार्थीहरुको समस्या समाधानमा समेत क्रियाशिल छ ।


कोरोनाका कारण उच्च शिक्षाका लागि अध्ययन गर्न जानचाहने विद्यार्थी विदेश जानपाएका छैनन् भने सरकारले शिक्षामन्त्रालयबाट जारी हुने एनओसी समेत गत फाल्गुन देखी बन्द गरिसकेको छ । यसले विदेश जान तयारी गरिरहेका विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ ।


सरकारले आगामी दिनमा लकडाउनको मोडालिटी परिवर्तन गर्दै आर्थिक गतिविधि समेत बढाउने निर्णय संगै जेठ ३२ गतेपछि शैक्षिक परामर्श संस्थाहरु सञ्चालन हुन सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *