विद्यालय सञ्चालनका लागि जोखिमको स्तर अनुसार विकल्प अपनाउन सुझाव

काठमाडौं/२२ जेठ– कोरोना भाइरस रोेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउनमा पठनपाठनलाई सहजिकरण गर्दै लैजाने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुसँग छलफल गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहिबार भएको छलफलमा विज्ञहरुले लकडाउनका कारण अवरुद्ध भएको पठनपाठनका लागि विभिन्न सुझाव दिएका छन् । उनीहरुले जोखिमको स्तर अनुसार विकल्प अपनाउन सुझाव दिएका छन् ।

जोखिम कम भएको स्थानमा छिटो पठनपाठन सुचारु गराउन र विद्यालय सञ्चालन गर्न नसकिने स्थानमा अनलाइन तथा टेलिभिजनबाट कक्षा सञ्चालन गर्न सुझाव दिएका छन् । उच्च माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले लामो समयदेखि अवरुद्ध पठनपाठन सञ्चालन, परीक्षा, भर्ना तथा भर्चुल क्लासका सम्बन्धमा नेपाली वैज्ञानिकले बनाएका आविष्कारका खोज अनुसन्धानबाट आएका तथ्यालाई अगाडि बढाउन सुझाव दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले लकडाउनका लागि व्यवस्थित गर्दै अनलाइन, टेलिभिजन, मोबाइबाट पठनपाठनको व्यवस्था सम्बन्ध प्राप्त सुझावलाई मस्यौदाको रुपमा मन्त्रिपरिषद्को बैठकमा लैजाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *