हिलसाइड कलेज अफ इन्जिनियरिङ द्धारा फोटो पत्रकारलाई मास्क सहयोग


काठमाडौं/२० जेठ-हिलसाइड कलेज अफ इन्जिनियरिङ कलेजले कोभिड १९ को बढ्दो जोखिमका बीचमा पनि फोटो पत्रकारहरु फिल्डमै खटिनुपर्ने र आफ्नो काममा सक्रिय रहेकाले विभिन्न सञ्चार गृहमा कार्यरत फोटो पत्रकारहरुलाई मास्क सहयोग गरेको छ ।


हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध निर्देशक तथा नागरिक हेल्थ ट्रस्टका अध्यक्ष गोपीकृष्ण न्यौपानेले फोटो पत्रकारहरुका लागि ७० थान केएन ९५ मास्क फोटो पत्रकार क्लबलाई हस्तान्तरण गरेका छन् ।

सो क्रममा फोटो पत्रकारहरुलाई कलेजका तर्फबाट सहयोग गर्न पाउँदा खुसी लागेको अध्यक्ष न्यौपाने बताए । फोटो पत्रकारहरुको मनोबल उच्च होस् भन्ने हेतुले यो सहयोग गरिएको न्यौपानेले बताए । साथै प्राप्त सामग्रीहरु अग्रपंक्तिमा खटिएका ७० फोटो पत्रकारहरुलाई नै वितरण गरिएको क्लबका प्रवक्ता दीपेश श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *