शिक्षामन्त्रीले भने :सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न निजीलाई दिने शिक्षा मन्त्रालयको कार्यक्रम होइन


काठमाडौ/१८ जेष्ठ — अर्थमन्त्री युवराज खतिवडाले संसद्मा प्रस्तुत गरेको बजेटको बुँदा नम्बर १६६मा उल्लेखित भए अनुसार सामुदायिक विद्यालयको पूर्वाधारसहितका सामग्री र शैक्षिक गुणस्तर सुधारको गर्न निजी विद्यालयलाई जिम्मेवारी दिने कार्यक्रम शिक्षा मन्त्रालयको नभएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले इस्पष्ट पारेका छन् ।


आइतबार एक विज्ञप्ति प्रकाशित गर्दे शिक्षामन्त्री पोखरेलले बजेटको बुँदा नम्बर १६६ को कार्यक्रम शिक्षा मन्त्रालयले प्रस्ताव नगरेको प्रस्ट पारेका हुन् । सरकारले निजी विद्यालयलाई सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने जिम्मा दिएर निजीकरणलाई प्रशय दिएको भनेर चौतर्फी विरोध भइरहेको छ ।

पोखरेलले विज्ञप्ति प्रकाशित गरी मन्त्रालयले प्रस्ताव नै नगरेको कार्यक्रम अर्थ मन्त्रालयबाट बजेटमा राखिएको जानकारी दिएका छन् । तर शिक्षा मन्त्रालयबाट प्रस्तावित कार्यक्रम नभए पनि कार्य्विधि बनाएर कार्यान्वयन गरिने मन्त्री पोखरेलले बताए । ‘सार्वजनिक विद्यालयको सबलिकरण र सुदृढीकरणका निम्ति गैरसरकारी क्षेत्र, विकास साझेदारहरुको सहयोग र योगदानलाई पुरक कार्यक्रमका रुपमा विद्यालय व्यवस्थापन र स्वामित्व यथावत रहने गरी परिचलान गरिने छ,’ विज्ञप्तिमा भनिएको छ ।


त्यसै गरि सार्वजनिक विद्यालयले आवश्यक ठहर गरेको विषयमा मात्र सहयोग गर्ने व्यवस्था मिलाउन कार्य्विधि बनाउने समेत शिक्षामन्त्री पोखरेलले जनाएका छन् । ‘सार्वजनिक शिक्षाको सबलीकरण हामी सबैको साझा दायित्व हो, निजी क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सार्वजनिक विद्यालयले आवश्यक ठहर गरेमा सरकारले एक मापदण्ड तयारी गरी निजी क्षेत्रको साझेदारीमा कोष स्थापना गर्ने विकल्पमा जान उपयुक्त हुन्छ,’ विज्ञप्तिमा भनिएको छ ।


यस्तो छ विज्ञप्ति:

Leave a Reply

Your email address will not be published. Required fields are marked *