शिक्षक निधनले शिक्षा क्षेत्रमा क्षति : महासंघ

काठमाडौं/९ जेठ– कोरोना भाइरस संक्रमणका कारण गुल्मीका एक शिक्षकको असमायिक निधनबाट शिक्षा क्षेत्र र शिक्षक आन्दोलनमा अपूरणीय क्षति पुगेको नेपाल शिक्षक महासंघले जनाएको छ ।

महासंघले कोरोना भाइरसका कारण निधन भएका शिक्षकप्रति समेवदन व्यक्त गरेको छ । महासंघले यस दुःखद घडीमा स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । महासंघले निधन भएका शिक्षक गुल्मी जिल्ला मदाने गाउँपालिका नेपाल शिक्षक महासंघका अध्यक्ष समेत रहेको जनाएको छ । उनको जेठ ८ गते बिहिबार बुटवलको क्रिमशन अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *