सामाजिक दुरीसहित भर्ना गर्न व्यास नगरपालिकाको निर्देशन

काठमाडौं/२८ बैशाख– तनहुँको व्यास नगरपालिकाले विद्यालय भर्ना खुलाएको छ ।
नगरपालिकाकाले सामाजिक दूरी कायम गरी विद्यार्थी भर्नालाई निरन्तरता दिन सक्ने जनाएको छ । शनिबार नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष वैकुण्ठ तथा शिक्षा क्षेत्रका सरोकारवालासँगको छलफल पछि नगरपालिकाले उक्त निर्णय गरेको जनाएको छ । नगरपालिकाले एकपटक भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सोही विद्यालयमा भर्ना गर्दा शुल्न नलिन समेत विद्यालयहरुलाई अनुरोध गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैशाख २२ गते विद्यार्थी भर्ना अभियान सञ्चालन नगर्न निर्देशन दिएको थियो । तर, नगरपालिकाले मन्त्रालयको निर्णयबाट दुविधा सृजना भएपनि पुरानै निर्णय कायम रहने गरी निर्णय गरेको हो ।
नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सरकारले पठनपाठन मात्र बन्द गरेकाले सामाजिक दुरीसहित भर्ना गर्न विद्यालयलाई अनुमति दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *