नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलमा उत्कृष्ट १० मा पुग्न सफल


काठमाडौ /२४ वैशाख – २१ वर्षीय नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणमा उत्कृष्ट १० मा पुगेका छन् ।


संसारभर चर्चित रहेको अमेरिकन आइडल गायन प्रतियोगिताको रियालिटि सो हो । उत्कृष्ट स्वर र गायन शैली भएका व्यक्ति छानिने यस कार्यक्रममा विभिन्न देशबाट थुप्रै प्रतिभाशाली गायकको उपस्थिति छ । नेपाली युवा दिवेश पोखरेल भने कार्यक्रममा अर्थर गन नामबाट प्रतिस्पर्धा गरिरहेका छन् ।


अमेरिकन आइडलको उत्कृष्ट १० मा पुग्न सफल दिवेश पोखरेल यो सफलताले र सबैको प्रशंसाले आफू निकै उत्साही भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *