व्यवस्थापनमा उत्कृष्ट भण्डारीलाई कलेजले गर्‍यो सम्मान

काठमाडौं/९ मंसिर–नवोदित कलेज सामासुखीले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायतर्फ स्नातक तहमा नेपालभरबाट प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ ।
कलेजले आईतबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट हुने आफ्ना कलेजका विद्यार्थी राजु भण्डारीलाई सम्मान गरेको हो । भण्डारी स्नातक तह ९२०७३–०७६० मा ७८.६५ प्रतिशत अंक ल्याई नेपालभरबाट प्रथम भएका थिए । काठमाडौं महानगरपालिका २६ का अध्यक्ष ख्यामराज तिवारीले भण्डारीलाई खादा तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *