नेपालगञ्जमा थप ७ जनामा कोरोना पृष्टि, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं/२३ बैशाख– नेपालगञ्जमा थप ७ जनामा कोरोना भाइरस भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नेपालगञ्ज–८ का ३ जना पुरुष र ४ जना महिलामा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । कोरोना पोजेटिभ देखिनेहरुमा २२, ३० र ४० वर्षका तीन जना पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालगञ्जमा गत शुक्रबार पहिलो पटक भारतबाट फर्केका एक जना ६० वर्षका पुरुषमा संक्रमण देखिएको थियो । त्यसपछि उनका सम्पर्कमा रहेका ९० जनाको थ्रोट स्वाब संकलन गरी परीक्षण गरिएको थियो । ९० जना मध्ये १५ जनामा आइतबार कोरोना भाइरस पोजेटिभ देखिएको थियो भने बाँकीको मंगलबार परीक्षण गरिएकोमा थप ७ जनामा कोरोना पृष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *