एसईई र कक्षा १२ को परीक्षा एकै दिन गर्न कार्यदलको सुझाव

काठमाडौं/१९ बैशाख– राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ ।
बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाउँदै २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने बताए ।
उक्त प्रतिवेदनमा एसर्ईई र कक्षा १२ को परीक्षा एकै दिन गर्न सकिने सुझाव समेत दिइएको छ । कार्यदलले बिहान र दिउँसो गरी एकैदिन एसईई र कक्षा १२ को परीक्षा गर्न सिफारिस गरेको छ भने कक्षा ११ को परीक्षा भने केही समयपछि गर्न सिफारिस गरिएको छ । प्रतिवेदनमा परीक्षाको नतिजा ६९ दिनको साटो ४५ दिनभित्र प्रकाशित गर्न सकिने उल्लेख गरिएको छ ।
यसैगरी, बैशाख २५ गतेभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने, २५ पछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रक्रिया अगाडि बढाउन सुझाव दिएको छ ।
परीक्षा गर्दा अब सकभर परीक्षार्थीहरुले घरको खाना खाएर परीक्षा केन्द्रमा पुग्न सक्ने गरी उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाउनु पर्ने कार्यदलको भनाई छ ।
प्रतिवेदन बुझ्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले उक्त प्रतिवेदन उच्चस्तरीय समिति र मन्त्रिपरिषद्मा लग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *