कसरी थाहा पाउने बालबालिकाकाे मनाेविज्ञान ?, यस्ता छन् असरहरु

काठमाडौं/१६ बैशाख– कोरोना भाइरसको सम्भावित खतराबाट बच्न र बचाउनका लागि नेपालका सबै विद्यालयहरु बन्द छन् भने सबै मानिसहरु घरभित्रै एकान्तवास बसिरहेका छन् । यस्तो विषम परिस्थितिको समयमा सबै मानिसहरुमा मनोवैज्ञानिक असर देखापर्नु सामान्य हो ।
यस्तो अवस्थामा बालबालिकाहरुमा पनि मनोवैज्ञानिक असर पर्छ । बालबालिकाहरुमा देखा परेको मनोवैज्ञानिक असरको न्युनीकरण गर्न अभिभावकले बालबालिकाको मनोभावना बुझ्न आवश्यक छ । विपतको समयमा बालबालिकामा उमेर अनुसार फरकफरक मनोवैज्ञानिक असर देखापर्छ । यसको उचित व्यवस्थापनका लागि मनोशिक्षाको आवश्यकता पर्छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) ले कोरोना भाइरसको जोखिमको समयमा शिक्षक, विद्यार्थी तथा अभिभावकलाई मनोवैज्ञानिक शिक्षाको आवश्यकता रहेको जनाएको छ । सीसीएमका अनुसार जोखिमको समय कम हुँदै जान्दा, बन्दी भएर बस्ने समय हटेपछि पनि एक दुई हप्तासम्म बालबालिकाहरुलाई प्राथमिक मनोवैज्ञानिक सहयोगको आवश्यकता पर्छ ।

यस्तो अवस्थामा बालबालिकाहरुमा निम्नानुसार मनोवैज्ञानिक असरहरु देख्न सकिन्छ :
बालबालिकाले अभिभावकहरुसँग टाँसिरहने,
निन्द्रा तथा खानेबानीमा गडबडी देखिने,
झर्को मान्ने,
रिसाउने,
नराम्रो सपना देख्ने,
ध्यान दिन नसक्ने,
मनोञ्जनात्मक क्रियाकलापनमा सहभागी हुन मन नगर्ने,
शारीरिक पिडाको गुनासो गरिरहने तथा दुव्र्यवहारमा संलग्न हुन सक्ने आदि ।

विपतको समयमा बालबालिकामा देखापर्ने मनोवैज्ञानिक असर, बच्ने उपाय र अभिभावक र शिक्षकको भूमिका

https://www.doe.gov.np/assets/uploads/files/5abc800326570d3684cdc88f3ede4d5d.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *