अनलाइन कक्षा सञ्चालनका लागि त्रिविकोे आचारसंहिता जारी,आचारसंहिता उल्लंघन गरे कारबाही

काठमाडौँ/१४ बैशाख – विश्वविद्यालयले अनलाइन बाट कक्षा सञ्चालन गर्नका लागि निर्दे्शिका २०७७ तयार पारेर कार्यकारी परिषद्बाट स्वीकृत गरेको छ । अनलाइन कक्षामा हुनसक्ने कमीकमजोरीलाई रोक्न निर्र्दे्शिका जारी गरेको हो । यसरि अनलाइन माध्यमबाट सबै क्याम्पस, विभाग र स्कुलमा पठनपाठन गराउन त्रिभुवन विश्वविद्यालय आचारसंहिता सहितको निर्र्दे्शिका जारी गरेको छ ।


अनलाइन कक्षा सञ्चालन गर्दा इन्टरनेटको दुरुपयोग हुनसक्ने भएकाले आचारसंहिता सहितको निर्र्दे्शिका जारी गरेको हो । लकडाउनको लम्बिए संगै नेपालका सबै विश्वविद्यालय अनलाइन कक्षा चलाउन थालेका छन् ।
निर्र्दे्शिकाको आचारसंहितामा समाबेस गरिए अनुसार विद्यार्थी, शिक्षक र कर्मचारीले आचारसंहिता उल्लंघन गरेमा विश्वविद्यालयले कारबाही गर्ने सक्ने छ । निर्र्दे्शिकाले त्रिविका स्कुल, विभाग र क्याम्पसबाहेक पूर्णकालिन शिक्षकलाई अन्य शैक्षिक संस्थाको अनलाइन कक्षामा सहभागी हुन पनि रोक लगाएको छ । यस अघि प्राध्याकपहरुले अनुगमन निर्देशनालयको अनुमति लिएर मात्र अन्य कलेजमा अध्यापन गराउँदै आएका थिए । अनलाइन कक्षामा सहभागी हुन शिक्षकहरुलाई अनुमति नदिने विश्वविद्यालयले प्रष्टाएको छ । आमन्त्रित विशेषज्ञको हैसियतमा भने अनलाइन कक्षामा सहभागी हुन पाइने निर्देशकामा उल्लेख छ ।


कलेज, स्कुल र विभागले तोकेको कक्षामा सम्बन्धीत विद्यार्थीलाई अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । कतिपय शिक्षक विद्यार्थीले भने इन्टरनेट र आवश्यक स्मार्ट फोन, ल्यापटप र कम्प्युटरको कारण अनलाइन कक्षमा सहभागी हुन नसक्ने गुनासो गर्दै आएका छन् । त्यसका लागि सहुलियतमा इन्टरनेट उपलब्ध गराउन सेवा प्रदायकहरुसँग छलफल चलिरहेको रेक्टर शिवलाल भुषालले जनाए ।


विश्वविद्यालयले स्कुल, कलेज र विभागका लागि प्राविधिक सहयोग समेत उपलब्ध गराउने बताइएको छ । अनलाइन कक्षामा विद्यार्थीले शिक्षकसँग संवाद गर्दा आदरार्थी शब्दहरुको प्रयोग गर्दै अन्तरक्रियात्मक वातावरणमा पठनपाठन गर्नुपर्ने निर्दे्शिकामा जारि गरिएको छ । अनलाइन कक्षा सम्बन्धित शैक्षिक सामाग्री, भिडियो इत्यादिहरुको प्रतिलिपी अधिकार सम्बन्धित शिक्षक र निकायमा निहित हुनेछ । सबै शिक्षक, कर्मचारी, विद्यार्थीहरुले प्रतिलिपी अधिकारको रक्षा गर्नुपर्नेछ । बौद्धिक चोरी गर्ने कार्य गर्नु हुदैन,निर्र्दे्शिकामा भनिएको छ । शिक्षक, कर्मचारी, विद्यार्थीहरुले व्यक्तिको गोपिनियताको हकको पालना गर्नुपर्नेछ । कुनै पनि शिक्षण तथा शैक्षिक सामाग्री आदि शिक्षक र विद्यार्थीहरुले फेसबुकलगायत अरु सामाजिक सूचना माध्यममा स्वीकृति विना राख्नु हुँदैन ।

शिक्षक विद्यार्थीहरुले अनलाइन कक्षाहरु भएको बेला औपचारिक पोशाकको प्रयोग गर्नुपर्ने जनाइएको छ । आचारसंहिताबाहेक त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० र शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम, २०५० मा तोकिएको आचार संहिता समेत पालना गर्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *