प्रयोगात्मक विषय बाहेक सबैको अनलाइन कक्षा सञ्चालन गर्न त्रिविको आग्रह

काठमाडौं/१३ बैशाख–त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक क्याम्पस, स्कुल विभाग तथा सम्बन्धित क्याम्पसहरुलाई अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।
कोरोना भाइरसका कारण प्रयत्क्ष कक्षा सञ्चालन गर्न असम्भव भएकाले विद्यार्थीहरुको शैक्षिक वर्षमा असर नपरोस् भन्ने ध्येयले त्रिविका स्वीकृत सबै कार्यक्रम र विषयहरु (प्रयोगात्मक बाहेक) का विषय अनलाइन मार्फत अध्ययन अध्यापन गराउन सकिने त्रिविले जनाएको छ ।
त्रिविले अनलाइन कक्षा सञ्चालनको व्यवस्था गर्न सबै डिन कार्यालयहरुमा पत्र समेत पठाइसकेको छ । त्रिवि कार्यकारी परिषद्ले तत्कालको अवस्थामा विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७ समेत स्वीकृृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *