एन–प्याब्सनका केन्द्रीय उपाध्यक्ष भुसाल मृत फेला


काठमाडौं/१२ बैशाख–निजी विद्यालयहरुको छाता संगठन एन–प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णा प्रसाद भुसालको निधन भएको छ ।
कैलाली जिल्लाको गौरीगंगा नगरपालिका मसुरियमा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल समेत रहेका उनी बिहिबार राती मृत अवस्थामा फेला परेका हुन् । भुसालको शब घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिममा फेला परेको हो । प्रहरीका अनुसार ४० वर्षिया उनको आँखा, मुख र घुँडामा चोट देखिएको छ ।
स्थानीयका अनुसार उनी साईकलमा पहलवानपुरबाट घर तर्फ फर्किरहेका थिए । तर, उनको शब विपरित दिशामा फेला परेको छ । इलाका प्रहरी कार्यालय मसुरियाका प्रमुख दिल बहादुर महराले घरतर्फ आईरहेका भुसालको शव विपरित साईडमा फेला परेको र शरीरका धेरै ठाउँमा चोटपटक देखिएका कारण हत्या भएको शंका गरिएको जानकारी दिए ।
उनी बिहिबार साँझ एक जना साथीले बोलाएपछि पहलवानपुर बजार तर्फ गएका थिए र घर फर्किने क्रममा राती साढे ८ बजे उक्त घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि साथी र होटेल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *