नेपालमा कोरोनाभाइरसको संक्रमित संख्या ४७ पुग्यो, सबैको स्वास्थ्य अवस्था सामान्य


काठमाडौं/११ बैशाख – बिहीबार दुई जना कोरोनाभाइरसको संक्रमित थपिएका छन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै अब नेपालमा संक्रमितको संख्या ४७ पुगेको छ ।
प्रवक्ता विकास देवकोटाल संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उदयपुरकी ५५ वर्षीया महिलामा र जनकपुरका १४ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए । अहिलेसम्म संक्रमित सबैको स्वास्थ्य अवस्था भने सामान्य रहेको पनि जानकारी दिएका छन् ।


यसैगरी पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका कोरोनाभाइरसका संक्रमित दुई जना आजै निको भएर घर फर्किएका छन् । उनीहरुलाई पाटन अस्पतालको आइसोलेनमा उपचार गरिएको थियो । यो सँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।


अहिले सम्म ४३ हजार ७२२ जनाको पीसीआर र आरडीटी विधिबाट परीक्षण गरीएको मन्त्रालयल जनाएको छ ।

नेपाल लगायत बिश्वको कोरोना भाइरस अपडेट याहाँबाट हेर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *