आमा ढलेपछि संसार ढल्दोरहेछ ,उठाउनै नसक्ने गरी मन् ढल्दोरहेछ

मुना दाहाल


काठमाडौ /११ बैशाख – समयले मानिसलाई कति चोट दिन्छ त्यसको लेखाजोखा पक्कै गर्ने सकिन्न । छानी छानी दिन्छ कि खै जानी जानी दिन्छ चोट हिसाब किताब छ मनमा तर कोसग गर्ने थाहा पाउनै सकेको छैन । जीवनमा खुशी र हासोको पहिरो गएपछि मनले वेहोरेको क्षतिको तुलना मात्र जीवन बाच्नेलाई थाहा हुन्छ , जसको क्षतिको पुर्ति गर्ने कुनै निकाय नै हुदैन । पश्चताप यस्तो कुरा हुदो रहेछ जसले नबाच्न दिदो रहेछ नत हास्न नै । झन क्षम्य नभएपछि त बाचुन्जेल पोल्ने मात्र रहेछ । न त दिनको महशुस हुन्छ न रातकै मात्रै जीवन पिल्सिएको महशुस हुन्छ । के साच्चै दैवले एउटै जीवनलाई पनि यसरी बरम्बार आघात दिन सक्छ र ! के साच्चै उसलाई अलिकति पनि महशुस भएन त्यो पिढा ! हुन त नर्जिवलाई के महशुस हुन्छ ।

जीवनले एक पछि अर्को चोट दिदै गयो सहनुको बिकल्प केही नहुदो रहेछ मान्छेसंग । चुपचाप सहदै गयो । बिस्तारै बानी पर्दो रहेछ सहने अनि सुन्ने । देखिएका र सजाइएका सपनाहरु एक पछि अर्को गर्दै बिलिन हुदै जादै थिए मन र मष्तिष्कबाट । दुई कान र एक मुख भगवानले धेरै सुन्न र थोरै बोल्नलाई भन्नु हुन्थ्यो आमा । यही कुरा दोहोर्याउथे उनी पनि । बानी याही बस्दै गयो । मनमा छाल बनी उर्लिएका रीसका बेगहरु यी दुईजनालाई सम्झिएपछि मत्थर हुदै जान्थे । मनमा रहने समबेदना क्रमश कम हुदै जान थाले । मन चाहान्थ्यो कसैलाई केही नभन्ने अनि मलाइ पनि अरुले केही नभनोस । जीवन संर्घष हो बुझ्दै जान थाले । मान्छेका अनगिन्ती आवश्यकता हुदा रहेछन मानसिक रुपमा शारिरिक रुपमा अनि आर्थिक रुपमा । शिरमा राख्ने हात हुदा‘ सम्म त हिम्मत आउदै थियो संर्घष गर्ने समयले त्यो नि खोसेपछि भने पाइलाहरु लडखडाउन थाले । आभास हुदै थियो जीवन बिस्तारै निरर्थक हुदैछ भन्ने । एउटी आमा भएको आभास मनमा छ जुन दायित्व पुरा गर्नुृछ । हिजो छोरी हुदा पुरा गर्ने नसकेका धेरै कर्तव्य र मनोभाव छ मुटुमा जहा बाट आत्मा कहिले सन्तुष्टि हुन सक्दैन ।

आमाको महत्व त्यतिखेर यो जीवनले बुझ्यो जतिखेर स्वयम आफु आमा बन्ने अवसर मिल्यो । साच्चै त्यसपछि मात्र सायद जीवन पुरा भयो । एउटी महिला आमा नबनिकन पक्कै आमाको महत्व र उसको मायाको कदर नबुझ्दिो रहेछ । घरकी कान्छी छोरी म दाई दिदी भन्दा धेरै बर्ष पछि जन्मिए बाल्यकालमा हुने दिदी बहिनीको सम्बन्ध दाई भाइ बिच वालापनमा हुने झगाडा कुनै चीजको आभास नै भएन । अलिकति बुझ्ने हुदा घरमा आमा बासग म एक्लै थिए । बुवाको प्यारी छोरीमा आमासगै अलिक डर लाग्थ्यो । घरको मामा घर सबैतिरको सबैभन्दा सानो भएकोले हजुरबा हजुरआमालाई देख्न पाइन । घरमा जे भन्यो तेही पाइने । सानो भएकोले दाई दिदीको बहिनी भन्दा नि छोरी सरह रहे । ९ कक्षा पछि आमा बुवालाई छोडेर घरबाट काठमाडौ लागेपछि भने जीवन परिवर्तन हुन थाल्यो । घर जाँदा सधै आमाले भन्नुहुन्थ्यो धेरै नवोल्नु है,म सोच्थे किन भनेको होला । पछि बुझ्दै गए आमाले भन्न खोजेको कुरा । मैले बोलेका कुनै नराम्रो शब्दले कसैको मनमा नराम्रो लाग्ला । खै गफ गर्ने मान्छे नभएर होकी बानी नै त्यस्तै बस्दै गयो ।


जीवनको गति चल्दै गयो आमा बुवालाई छोडेर बस्न थालेका १० बर्ष बितिसकेको थियो । मलाई यो चाहियो भनेर कहिल्यै कसैको अगाडी भन्नलाई मुख नै लागेन । आमालाई बाहेक सायद कसैलाई यो चाहियो भनेर भनेको याद छैन । कति आवश्यकता पुरा भए कति भएन त्यो आफ्नै ठाउमा छ । राम्रो भन्दा सफा लगाउनु पर्छ भन्ने भयो । आवश्यकताहरु जीवनको दायित्व बढ्दै जादा खुम्चिदै गए । जीवनको यात्रा पनि गजब्बको हुदो रहेछ जीवनका गोरेटामा भेटिएका सबैको याद त कहा हुदो रहेछ र । जीवन यात्राको क्रमश भेटिएकाको सबैको न नाम याद छ न अनुहार । केही भने यसरी मुटुमा बस्दा रहेछन भुल्छु भनेर नि नभुल्ने ।


जीवनमा भेटिने र छुटिने क्रम चल्दै थियो केही यसरी छुट्यो कि फेरि जीवन उजाड बनायो जन्म दिने पछिकी अर्को आमा मेरी दिदीको जीवनबाट सप्तरङ्गी रगंहरु खोसिए । जीवनमा पहिलोपटक उसलाई असिनाले चुटेर बिक्षिप्त भएको रुख जस्तो देखे जो सेतो साडीमा बेरिएकी थिई । त्यसपछि भने सेतो रङ्ग सेतो चीज देखिनै घृणा लाग्न थाल्यो । सेतो देख्ने बित्तिकै आङ्ग जिरिङ्ग हुन्थ्यो । जीवन त कहा रोकिदो रहेछ र चल्दै गयो चल्दै गयो कहिले खुशी बनेर जिवन एक छिन भएपनि रम्ने रहेछ । जीवनले खुशीका रंगहरु भर्दे थियो । जीवनभरीको माया गर्ने साथी पाएर रम्दै थियो । खुशी कहा देख्न सक्थ्यो र पल भरीको खुशी एक निमेशमा कतै हुरी आएर उडायो । दुई दिन अघि मेरो नानीहरु तेरो जिम्म भनेकी मेरी आमा समानकी दिदि सधै भरीका लागि निदाई । कसैले उठाउनै सकेन ती कहिला छोरीहरु चिच्यादा पनि उठिन् निष्ठुरी बनेर सधैका लागि निदाई । ती कलिला हातले आगो लगाउदा यी अाँखाले मात्र हेरिरहे । त्यस पछि हरेक मातातिर्थमा दुइटी छोरीको फोन सबै भन्दा पहिला मेरो मोवाइलमा आउछ । म भने उसको फोटो हेर्ने गर्छु हरेक आमा औंसीमा । भगवानको लिला त होला अचम्मको सबै कुरा स्वीकार्नु बाहेक के नै गर्ने सकिन्थ्यो । उसले पढिन भनेर पछि सम्म पनि ठुलो दाईले दिदिलाई कराएको याद छ । त्यही भएर होला भिनाजु पछि हरेक कुराको लागि कान्छी भन्दै सोध्ने गर्थिन । उसका सपना अधुरै रहयो होला कति ।


जब पहिलो पटक आफु आमा बने अनि जीवन पूर्ण भएको महसुश भयो । आमाबाट टाढा बसेपछि महत्व बुझेको थिए तर आमा बनेपछि माया बुझे । सायद हरेक आमालाई मात्र महसुश हुन्छ छोराछोरीको माया । तिनीहरुलाई थाहा हुन्न नौ महिना पेटमा राखेर पहिलो पटक सन्तानलाई देख्दा र छुदाको आनन्द , अनि लाग्छ साच्चै स्वर्ग भनेको उही हो । कसैले एकछिन गरेको माया आमाको मायाको अगाडि निरर्थक छ । छोरीको हासो अनि उसका रुवाईसगै जीवन अगाडी बढ्दै थियो । समयले यस्तो नियती दियो समय नै रोकिए झै भयो । जीवनमा उठ्ने साहस नै रहेन । जविन सुन्य बन्यो खै ताकत र हिम्मत कसरी आयो आफ्ना सबै खुशी हासो सपना सबै घाट सम्म लगेर जलाएर आयो यी दुई हातले । मनले यस्तो सोच्थ्यो अब कहिले बिहान घाम उदाउन्न होला अनि हरेक साझ घाम अस्ताउन्न होला । कुनै चाड आउन्न होला हुन त त्यसपछि जीवनमा कुनै चाड आएको छ । सायद फेरि दशै, तिहार, तीज आउलान भन्ने नै लागेन । फाटेको मन सिलाउन बाहेक के नै हुने रहेछ त्यो सिलाउन सधै मेरी आमाले हौसला दिइन । बाच्न सिकाइन । बाचेपछि मान्छेका अनगिन्ती आवश्यकता हुने रहेछ । जिम्मेवारी बढ्दै थिए पुरा गर्ने बाटो घट्दै थिए । जीवन यसरी थकित बन्यो सामान्य हुने मौका नै पाएन जीवनको आलो घाउमा अर्को ठेस लाग्यो । यी आखाले हेर्दाहेर्दै बुबाका आखा बन्द भए । छोरी सगै उसकी आमा पनि टुहुरी बनेकी थिई । त्यसपछि आमाका आँखामा हेर्ने साहस नै आएन । धिक्कार लाग्छ जीवन अनि छोरी भएकोमा अफसोच हुन्छ कहिले काही । त्यो पिढामा आमालाई छोडेर बुवाको काम सकिने बितिक्कै हिडे । खै मन कसरी मान्यो या मनै ढुङ्गा भएको थियो । त्यसपछि फोन गर्ने बाहेक केही गर्ने सकिन । प्रत्येक दिन आमा गल्दै गइन । खै हिम्मत दिने कोही भएनन की आफै बाच्न खोजिनन । खबर सोध्न बाहेक केही गर्ने सकिन । सायद आमाको मनबाट बाच्ने जिजिविसा सकिन थालेको थियो कि । आमा सारै बिरामी भएपछि दाई गयो । म जान पाइन म आफ्नै बाध्यतामा रुमलिदै थिए । आमा काठमाडौ आएपछि दिन झन बोझिला बन्दै गए ।


जे सुकै होस भनेर आमालाई हेर्न गए । उठेर बस्न सक्ने हुनु भएछ । दुई दिन आमासंग बसेर फर्किए । जीवनको यादगार समय बन्यो त्यसपछि आमाले कहिले आफ्नो हात मेरो टाउकोमा राख्नु भएन । उहाका हातले स्पर्श गरेन । कहिलेकाही साच्चै कसैको बोलीले जीवनभर पोल्दो रहेछ त्यस्तै भयो । कहिलेकाही आफ्ना भनाउदासंग नै रिस उठछ । त्यो भन्दा धेरै आफैसंग । त्यसपछिका दिन अनि आमाका बोली जसले मलाई आज पनि निदाउन दिदैन । हरेक साँझ अनि बिहान नानी आइजन भेट्न भन्नु भयो । हरेक पल मेरो बाहेक अरु कसैको बारेमा सोच्नु भयो होला र । आउँछु नि भन्दै आमालाई सान्त्वना बाहेक केही गरिन । सायद मनमा धेरै कुरा थिए जुन मलाई भन्नु थियो । घरमा आउने हरेकलाई नानीलाई बोलाइदे भन्दै बेलाइदिन लगाउने गर्नु हुन्थ्यो । आमा काठमाडौ गएको एक महिना भइसकेको थियो । मन त नभएको हैन तर केही बाध्यता थियो की केही अप्ठयारा औल्याउनै सकिन । जीवन भरको पछुतो थियो सायद । मेरो लागि आमा भन्दा अर्को ठुलो कुनै बाध्यता हुनु नपर्ने थियो । एकदिन फुपुकी छोरीले फोन गरेर भन्न्ु भयो कति सारो निष्ठुरी भकि हौ । एक चोटी त आउन बरु भोली पल्टै फर्क जीन्दगी भर पछुतो होला कान्छी भनेपछि मन अतालियो । मनले गइ हालौ भन्ने भयो तर वाध्यता अगाडी छदै थियो । हुन त आफुले चाहेको ठाउमा नगएको त कहा होर ? कहिले काही त्यही घात पनि बन्दो रहेछ की । भाउजुलाई फोन गरे ठिकै छ भन्नु भयो उहाको भनाई सायद स्वभाबिक थियो । मनले मानेन साथीलाई फोन गरे उसले भेटेर आएर ठिकै छ भनेपछि मन अलिक शान्त भयो । आमासंग कम कुरा गर्ने थालेको थिए बढी भाउजुलाई नै फोन गरेर सोद्थे ठिकै छ जवाफ आउथ्यो । कहिले काही भिडियो कल गरिदिनु हुनथ्यो कुरा गर्थे । थाहा थियो आमा परेको बज्रपात सहन गाहा्रे भएको थियो । एकपछि अर्को गर्दे परेका बज्रको सहन गर्दे आएकी आमा अब अरु सहन गर्ने नसक्ने भएकी थिइन । सबै भन्दा चिन्ता पनि मेरै थियो उहालाई म एक्लै छु मैले के गरुला भन्ने । बुवा गएपछि भन्नु हुन्थ्यो तेरा वुवा बोलाउन आउछन् भनेर । साच्चै वा पनि एक्लै बस्न सकेनन नि आमालाई आफैसंग लगे । तीन दिन भइसकेको थियो आमासग कुरा नगरेको मैले म २३ गते बिहानै आउछु है भनेर भनेको थिए । जसरी भएनि जानुपर्छ भनेर दिदिको बाक्य मन मष्तिष्क घुमिरहेको थियो । समय छिटो छिटो गएदिए हुने भन्ने लागेको थियो मनमा । शिथिल बनेको आमाको त्यो शरिर तङग्रिनै सकेन । खै रात् दिन छटपटी भएको थियो मन अरु दिन भन्दा ।


मन आतिए झै भएको थियो । मन २३ गतेको पर्खाइमा थियो । २० गते बिहानै ५ बजे दाईको फोनको घण्टी बज्यो मन आत्तियो उठाउने आटै आएन हेरि मात्र रहे । हातखुट्टा सबै चिसा भइसकेका थिए दोस्रो पटक आएको फोन उठाए दाईले आमा साह्रै भएर हस्पिटल ल्याको छ भन्नु भयो । थचक्क भुइमा बसे । उठ्ने साहस ताकत केही छैन । समाचार पढन आएको म बोलि नै आएन बल्लबल्ल माथि कोठा सम्म पुगे । काठमाडौ जान तयार भए । भाउजुले फोन गर्नु भयो । म आउन लागेको भनेको मात्र थिए हैन नआउनु भनेपछि अर्को बाक्य के भन्नु भयो थाहै भएन । छोरीहरुले फोन गरे बोल्न सकिन सुनिरहे । मेरो जीवन सकिए झै भयो । आखामा कालो बादलमात्र घुम्न थाले । जीवन भरीको पछुतो रह्यो कहिल्यै क्ष्यमा नपाउने । मन शुन्य थियो । आमाले नानी भनेको कहिल्यै सुन्न पाएनन यी कानले त्यो मायाले भरिएको हातको स्पर्श अब कहिले पाउने छैन । आमासगै जीवन बाँकी रहेको एक खुशी हिम्मत माया सबै गुमाएको थियो । बर्दिबासमा दाईसगै आमा पनि मलाई कुरिरहनु भएको थियो सायद अब आउलिस नि मेरी छोरी भनेर र । म आए आमा भन्न म संग नशब्द थियो न हिम्मत । चिर निन्द्रामा सुतेकी थिइन आमा । आमाको छेउमा बसे खुट्टा समाएर । बोल्छिन कि भन्ने लाग्दै थियो खुट्टा सुमसुमाए तर त्यसको आभास कहा गर्थिन र मेरी आमाले । अरु जस्तै निष्ठुरी बन्यौ तिमी नि है भन्ने लाग्यो मनलाई तर निष्ठुरी तिमी हैनौ म थिए । साच्चै एक्लै बनाएर गयौ आमा तिमीले एक्लै । हैन मेरो माया लाग्दैन तिमीहरुलाई भनेर सधै कराउने आज मौन बसिछन । दैब म मात्र थिए तिम्रो नजरमा जहाबाट मेरा एक एक खुशी चुड्दै लाग्यौ । घर पुगेको थाहै भएन बेहोस बनेर पुगेको थिए । म आउने भनेपछि सधै मलाई कुरेर घर बरण्डामा बस्ने आमा बुवाको ठाउमा आज गाउभरीका मान्छे थिए । दैवले दिएको चोट सहन नसकेर शिथिल बनेको निर्जिव शरिर थियो मेरो अगाडी । सरसर भित्र पसे छोरीहरु आङ्गालो हालेर रुन थाले हो छोरी आजबाट म पनि पूर्ण टुहुरो भए तिमीहरु जस्तै ।
शब्द सापटी लिए

आमा ढलेपछि
संसार ढल्दोरहेछ
उठाउनै नसक्ने गरी
मन ढल्दोरहेछ ।


शरिर उभिन नसक्ने भैसकोको थियो । धेरैको केन्द्रबिन्दु म थिए । अब के गर्छे यसले समाल्न यसलाई नै नसकिने भनेर । आमालाई बिदा गर्ने अन्तिम तयारी पुरा भइसकेको थियो । मनलाई दहा्रे बनाउनै सकेको थिइन बुवालाई बिदा गर्दा यति कमजोर भएको थिएन मन तर मन समालिने नामै लिदैन थियो । आमाको अन्तिम पटक मुख हरेर अझै पनि मनमा झिनो आश कतै थियो आमा बोल्छिन कि भनेर अपुरै रह्यो आमाले मलाई भेट्न खोजे जस्तै । सधैका लागि आमालाई बिदा गरे मैले नि एउटा यस्तो पश्चतापसग जुन कहिल्यै क्षम्म हुने छैन बाचुन्जेल सम्म । आमाको त्यो निर्जिव शरिरलाई दाईहरुसगै दागबत्ति दिदै माफ गर आमा यो जुनीमा तिमीलाई भेट्न आइन हरेक जन्म तिम्रै कोखबाट जन्मिन पाउ । आमाको शरिर धुवा बनेर क्षितिज तिर हराउदै थियो म चुपचाप उभिएर हेदै थिए । बुवाको बिदाई गरेको चार महिनैमा एउटै गते एउटै तिथीमा सधैका लागि आमालाई बिदा गरेर घर फर्किए । मनमा सदैव एउटा बोझिलो पश्चताप लिएर जीवन बिताउनु छ । थाहा छ आमा हुन हरेक गल्ती माफ गर्छिन तर म आफै आमा भएर पनि बुझिन उनको अन्तिम इच्छा । सधैका लागि भौतिक शरिरलाई बिदा गरेपनि बाचुन्जेल मन भित्र हरने छौ आमा तिमी । हरेक आमातीर्थ औसी मेरा लागि अब तिम्रो फोटो अगाडी उभिएर क्षमा माग्नु मात्र बन्नेछ । एउटा यस्तो पश्चताप जुन मन भित्र छ क्षम्म कहिले हुने छैन । यो मातातिर्थमा मात्र तिमीलाई श्रद्दान्जली आमा जहा छौ खुशी रहौ ।

सक्छौ भने माफ गर आमा ।
मलाई अदृश्य बल देउ
क्षितिजबाट
शक्तिको किरण पठाइदेउ आमा


यस जगतमा रहेका हरेक आमाहरुलाई हृदयदेखि नै नमन ।

लेखिका नवलपुर एफ एम कि सञ्चालिका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *