एसईईको परीक्षा सञ्चालनका लागि जेठ मसान्त सम्म प्रतीक्षा गरिने


काठमाडौं /११ बैशाख – कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित एसईई को परीक्षा सञ्चालनका लागि जेठ मसान्त सम्म प्रतीक्षा गरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सरोकारवालासँग छलफल गरेर स्थगित परीक्षा जेठभित्र लिन सके नयाँ शैक्षिक सत्रमा कुनै प्रभाव नपारी पढाईलाइ अगाडि बढाउन सकिने औँल्याइएको छ ।


सहभागी सरोकारवालाले पनि हालकै प्रणालीबाट परीक्षा लिन जेठ सम्म कुर्न आग्रह गरेको जानकारी दिएका छन् । परीक्षा नियन्त्रक रामराज खकुरेलले जेठ मै परीक्षा लिन सके उत्तरपुस्तिका सङ्कलन, परीक्षण, नजिता प्रकाशन लगायतका कामलाई दु्रत गतिमा गरेर विद्यार्थीको शैक्षिक सत्रमा प्रभाव नपार्ने गरी कक्षा ११ मा भर्ना लिन सकिने जानकारि दिएका छन् ।


राष्ट्रिय परीक्षा बोर्डको छलफलमा निजि विद्यालय छतासंगठनको उपस्थित लगायत सरोकारवालाको उपस्थित रहेको थियो ।

नेपाल लगायत बिश्वको कोरोना भाइरस अपडेट याहाँबाट हेर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *