सिकाइ उपलब्धि र सामुदायिक विद्यालय


महानन्द ढकाल
शिक्षक , नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लक्ष्मणपुर, बाँसगढी बर्दिया

    युवाहरु सबै हतार हतार भेटिन्छन्
    हिजो जस्तै आज लगातार भेटिन्छन्
    देश कसरी बन्छ केटाकेटी र बुढाबुढीले ?
    गर्न सक्ने सबै दुबइ कतार भेटिन्छन् ।

हाम्रो शिक्षा प्रणाली रोजगारमुखी हुन सकेन । कामदारमुखी भयो । अधिकांश युवाहरु आफ्नो गाउँ ठाउँ परिवेशका लागि भन्दा वैदेशिक रोजगारका लागि अध्ययनमा व्यस्त छन् । सक्नेहरुले ठूला देश ताक्ने गरेका छन् भने नसक्नेहरु दुवइ कतार र मलेसिया । देश बनाउन युवा शक्ति नै चाहिन्छ । काम गर्न सक्ने युवाहरु विदेश पलायन हुने क्रम बन्द नहुदासम्म देशले फड्को मार्न नसक्ने कुरा प्रष्ट छ । शिक्षा नीति राम्रो नहुदासम्म राजनीति राम्रो हुन सक्दैन । राजनेता राम्रा जन्मन सक्दैनन् । रोजगारमुखी शिक्षा प्रणाली लागु गर्नका लागि समेत राज नेता हुनु जरुरी हुन्छ । युवा शक्तिलाई स्वदेशमै क्रियाशील बनाउने नीतिमा अबको राजनीति केन्द्रित हुनु पर्ने देखिन्छ ।
हामी कहाँ दुई प्रकारका शिक्षण संस्थाहरु क्रियाशील छन् संस्थागत र सामुदायिक । सामन्य रुपले भन्ने हो भने धनीहरुले पढ्ने संस्थागत वा निजी बिद्यालय र गरिवहरुले पढ्ने सामुदायिक वा सरकारी बिद्यालय । देशको शैक्षिक गुणस्तर तथा सिकाइ उपलब्धीलाई हेने हो भने सरकारले लगानी गरेका बिद्यालयहरुको अवस्था कमजोर मात्रै होइन नाजुक नै देखिन्छ । हर प्रयास गर्दा पनि सिकाइ उपलब्धीमा उल्लेख्य वृद्धि नहुनु सामुदायिक विद्यालयको सबैभन्दा ठूलो चुनौति बनेको छ ।
शैक्षिक गुणस्तरको मापन सिकाइ उपलब्धिमा आएर अडिएको छ । सिकाइ उपलब्धि वृद्धि नहुनु भनेको प्रभावकारी शिक्षण हुन नसक्नु हो । यो हिसावले हेर्ने हो भने सामुदायिक बिद्यालयहरुमा राम्रो शिक्षण हुन सकेको छैन भन्न सकिन्छ । सामुसदायिक बिद्यालयहरुमा राम्रो शिक्षण हुन नसक्नुका कारणहरु खोज्नु आजको आवश्यकता बनेको छ । अधिकांश सामुदायिक विद्यालयहरु भौतिक पूर्वाधार सम्पन्न छन् । तालिम प्राप्त शिक्षकहरु छन् । सरकारी लगानी पनि पर्याप्त छ तर पनि बालबालिकाको सिकाइ उपलब्धि बढेको देखिदैन । यो सामुदायिक विद्यालयको ठूलो चुनौतिको रुपमा देखा परेको छ । जसले सामुदायिक बिद्यालयमा पढाउने शिक्षकहरु, प्रशासकहरु र नीति निर्माताहरु माथि नै औंला ठड्याएको छ ।
हाम्रो मुलुक ग्रामिण मुलुक हो । शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार लगायतका तमाम कुराहरुसँग हाम्रा ग्रामिण क्षेत्रहरु अभैm पनि सङ्घर्ष गरिरहेका छन् । ग्रामिण क्षेत्रले अभैm पनि गरिवीलाई पन्छाउन सकेको छैन । धेरै बिद्यार्थीहरु ग्रामिण क्षेत्रका नै छन् । सामुदायिक विद्यालयप्रति सबै समुदायको हेर्ने नजर सकारात्मक हुन सकेको छैन । सामुदायिक विद्यालयका अधिकांश अभिभावकहरु कमजोर आर्थिक क्षमताका भेटिन्छन् । खानपानका लागि नै संर्घष गरिरहने हुनाले उनीहरुले आफ्ना बालबालिकाको शिक्षामा ध्यान दिन सकेका हुँदैनन् । अभिभावकले चासो दिन नसक्ने र स्कुलको मात्र भर पर्नुपर्ने हुनाले उनीहरुको सिकाइ उपलब्धी कमजोर हुने गरेको पाइन्छ ।
केही समयसम्म निजि विद्यालयमा अध्ययन गरी आएका विद्यार्थीहरुको अवस्था पनि उस्तै देखिन्छ । ती अभिभावकले बालबालिकालाई निजी विद्यालयमा पठाउँदा विद्यालयले तोकेको शुल्क तिर्ने, पोषाक समयानुकुल बनाउने, कापी कलमको व्यवस्था गर्ने र खाजाको समेत जोहो गरी विद्यालयको गेटसम्म पु¥याउन जानेसम्म गरेको पाइन्छ । जबसम्म संस्थागत विद्यालयमा बाबुआमाले फि तिर्न सक्छन् तबसम्म ती बालबालिका सामुदायिक विद्यालयमा देखिदैनन् । बालबालिका बदमास भए, तह लगाउन सकिएन वा पैसाको जोहो गर्न सकिएन भने मात्र सामुदायिक विद्यालयमा पठाउने गरिन्छ । सामुदायिक विद्यालयमा प्रवेश गरेसँगै उनीहरुको ब्यागमा न त कापी कलम हुन्छ न त मौसम अनुसारका लत्ता कपडा । बाबु आमाको चासो पनि क्रमश कम हुँदै गएको देखिन्छ । जसले गर्दा बालबालिकाको पढाइमा उपयुक्त ध्यान पुगेको पाइदैन ।
सिकाइ उपलब्धी बढाउन अभिभावक, शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षा नीतिको महत्वपूर्ण भूमिका रहने गर्दछ । यी तत्वहरु मध्ये एक तत्वले बिद्यार्थीहरुलाई वेवास्ता गरेमा राम्रो सिकाइ उपलब्धी हासिल हुन सक्दैन । यी सबै तत्वहरु आ आफ्नो ठाउँमा जिम्मेवार हुनु जरुरी देखिन्छ ।


अभिभावकको भूमिका


बालबालिकाको पहिलो पाठशाला घरपरिवार हो । घर परिवारको प्रभाव बालबालिकामा पछिसम्म रहिरहन्छ । बालबालिका जुन संस्कारमा हुर्किन्छन् त्यही संस्कारको प्रभाव बालबालिकामा परेको हन्छ । अभिभावकहरुले आफ्ना बालबालिकामा असल संस्कारको विकास गराउन सक्नुपर्छ । यसका लागि अभिभावकहरु शिक्षित र सचेत हुनु जरुरी हुन्छ । तर हाम्रा ग्रामिण क्षेत्रहरु अभैm पनि पूर्ण साक्षर बन्न सकेका छैनन् । बालबालिकहरुलाई बिद्यालय पठाउँदैमा आफ्नो कर्तब्य पूरा भएको सम्झने अभिभावकहरुको संख्या कम छैन । बालबालिकाको सिकाइ उपलब्धी राम्रो बनाउन अभिभावकलाई सचेत बनाउनु पर्ने हुन्छ जसको लागि अभिभावक शिक्षा अनिवार्य देखिन्छ । घर परिवारले बाल मष्तिष्कलाई बुझेर असल संस्कारको विकास गराउन सकेमा मात्र बालबालिकाहरुले विद्यालयले दिन खोजेको व्यवहारिक ज्ञान लिन सक्छन् ।
आफ्ना बालबालिकाहरुको स्तर पहिचान गर्न सक्ने अभिभवक नहुदासम्म बालबालिकाको स्तरउन्नति हुन सक्दैन । बालबलिकाका आधारभूत आवश्यकताहरु पूरा गरिदिनु अभिभावकको कर्तब्यभित्र पर्दछ । नियमित रुपले आफ्ना बालबालिकाको रेखदेख गर्ने र आफ्न बालबालिकाको विषयमा जानकारी लिन नियमित विद्यालयमा पुग्ने गरेका अभिभावकका बालबालिकाहरुको सिकाइ उपलब्धी तुलनात्मक रुपमा राम्रा देखिने गरेको छ । अभिभावकलाई जिम्मेवार बनाई विद्यालयमा नियमित आउने बनाउन सकिएमा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुको सिकाइ उपलब्धी बढ्ने देखिन्छ त्यसैले सम्बन्धित निकायले अभिभावकहरुलाई सचेत बनाउने कार्यक्रम ल्याउनु पर्ने देखिन्छ ।


शिक्षकको भूमिका


शिक्षक शिक्षणको केन्द्रबिन्दु हो । बिद्यार्थीहरुलाई दिशानिर्देश गर्ने काम शिक्षकहरुको नै हुने गर्दछ । शिक्षकले भनेका हरेक कुराहरुलाई बिद्यार्थीहरुले सहर्ष स्वीर्काछन् । शिक्षकले देखाउने व्यवाहारको आधारमा बिद्यार्थीहरु सिकाइप्रति केन्द्रित हुने गर्दछन् । एउटा असल शिक्षक हुन त्यति सजिलो छैन । शिक्षकले बालबालिकाको मनोविज्ञान बुभ्mन सक्नु पर्दछ । शिक्षण क्रियाकलापमा बिद्यार्थीहरुलाई सक्रिय बनाउन सक्नुपर्छ । सामुदायिक विद्यालयका कक्षा कोठामा बस्ने अधिकांश विद्यार्थीहरुले कक्षा सञ्चालनको क्रममा सक्रिय शिक्षणमा भाग लिएका हुँदैनन् । कहिलेकाहीं कक्षा कोठामा अन्तरक्रिया गराउँदा उनीहरुको सिकाइ क्षमता बढे जस्तो पनि लाग्छ तर वास्तविक रुपमा उनीहरुको प्राप्तांक सोचे जसरी बढेको पाइदैन । अपेक्षा गरेको अंक प्राप्त हुन नसक्दा शिक्षकहरु पनि दुखी भएको पाइन्छ ।
सिकाइ उपलब्धी वृद्धि गर्नका लागि शिक्षकले कक्षा कोठामा प्रत्येक दुई बेन्चको एकमा अलि जान्ने विद्यार्थीलाई टोली नेता बनाई समूह कार्यका लागि उत्साहित बनाउनुपर्छ । शिक्षकले म नै जान्ने हुँ नभनेर कक्षाका जान्ने विद्यार्थीहरुको सहयोग लिएर उनै मार्पmत समूहका कमजोर साथीहरुलाई सिकाउन लगाउने, सबै विषयको गृहकार्य लेखे नलेखेको बुझ्न लगाउने गर्नु पर्छ । शिक्षकले उनीहरुका व्यक्तिगत समस्याहरु पनि बुझ्ने कोशिष गर्ने र समाधानको कोशिष गर्ने हो भने सिकाइ प्रभावकारी हुन सक्छ ।
विद्यालयमा अध्यापन गराउने शिक्षकहरुका आ आप्mनै समस्याहरु हुने गर्दछन् । कलेजमा पढिएका सबै विषयवस्तुहरु विद्यालय शिक्षामा पूर्ण काम लाग्ने पनि हुँदैन । सबै शिक्षकमा विषयवस्तुको पूर्ण ज्ञान पनि हुँदैन । समय परिवेश अनुकुल आपूmलाई परिवर्तन गर्न नसक्नु शिक्षकको ठूलो कमजोरी हो । म जान्ने छु भनेर मनमा घमण्ड पाल्ने शिक्षकमा नयाँ कुराको खोजी गर्ने बानीको विकास पनि हुँदैन । दम्भ पाल्ने शिक्षकले कुनै पनि हालतमा बालबालिकाको मन जित्न सक्दैन । मन नपर्ने शिक्षकले पढाएको पनि बालबालिकाले चासो दिएर पढ्दैनन् । त्यसैले समय सापेक्ष नयाँ नयाँ प्रविधिसँग परिचित भइ बालबालिकाको उत्साह र चासोको ख्याल गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधि प्रयोग गर्न सके कक्षाकोठा प्रभावकारी हुन्छ । शिक्षकको नजर सधैं म तिरै छ भन्ने भान कक्षाकोठाका सबै विद्यार्थीहरुलाई महसुस हुने गरी चारैतिर नजर दौडाइरहनु पर्छ । अनिमात्र उनीहरु तयारी अवस्थामा रहेर सक्रिय शिक्षणमा भाग लिन्छन् ।
बालबालिकाको कक्षाकार्य मात्र नभएर नियमित गृहकार्य परिक्षण हुनु जरुरी हुन्छ । धेरै विद्यार्थी भएको कक्षाकोठामा छड्के कापी परिक्षण गर्नुपर्छ । बिच बिचका रोलनम्मर भएका बालबालिकाको कापी परिक्षण गर्ने हो भने सबै विद्यार्थी चनाखो भएर गृहकार्य लेख्ने गर्दछन् । सधंै सधैं लेखिएको गृहकार्य परिक्षण नगर्ने हो भने बालबालिकाहरुले लेख्न पनि अल्छि गर्दछन् । सधै गृहकार्य हेर्ने शिक्षकले पढाएको विषयवस्तुको गृहकार्य बालबालिकाले नियमित गर्छन् । नहेर्ने विषयको गृहकार्य विद्यार्थीले गर्दैनन् जसले गर्दा उनीहरुको सृजनशील क्षमताको विकासमा हस आउँछ । विषयवस्तुप्रतिको रुचि पनि कमजोर हुँदै जान्छ । त्यसैले समय समयमा विद्यार्थीको गृहकार्य परिक्षण गर्नुपर्छ अनिमात्र उनीहरु विषयवस्तुमा अपडेट रहन्छन् ।
यो विज्ञान र प्रविधिको युग हो । आजका बालबालिकालाई विज्ञान र प्रविधिसँग जोडेर अध्यापन गराउनुपर्छ । प्रविधि नजान्ने शिक्षक विषयवस्तु जानेर पनि कमजोर मानिन्छ । उनीहरुका नजरमा शिक्षक एक सिपालु, विशिष्ट र बुद्धिमान व्यक्तित्व हो । त्यसैले शिक्षकले उनीहरुलाई अध्यापन गराउँदा दृष्यात्मक शैक्षिक प्रविधिको प्रयोग गरेर अध्यापन गराउनुपर्छ ।


विद्यालय प्रशासनको भूमिका


विद्यालयको नेतृत्वले पनि शिक्षकलाई अगाडि बढ्ने बाटो निर्देशन गरिरहेको हुन्छ । विद्यालयको प्रशासनले शिक्षकलाई म सधै सुरक्षित छु भन्ने विश्वास दिलाउन सक्नुपर्छ । कक्षा कोठामा संचालन गरिने हरेक गतिविधि विद्यालय प्रशासनसँग जोडिएको हुन्छ । प्रशासक क्षमतावान भएमा हरेक कुराको योजना ल्याउनुका साथसाथै विभिन्न नीतिनियम बनाएर विद्यालयलाई अगाडि बढाउनका लागि तल्लिन रहन्छ । शिक्षकका समस्याहरु बुझ्ने र उनीहरुलाई साथीको व्यबहार गर्ने प्रशासक भयो भने शिक्षकले आफ्ना समस्याहरु सजिलै भन्न र सुल्झाउन सक्छन् । नजानेका विषयवस्तुको बारेमा साथी समूहमा छलफल गरी निश्कर्ष निकाल्न सक्छन् ।
विद्यालयको प्रशासन प्रधानाध्यापकको हातमा हुन्छ । पदीय हिसावले प्रधानाध्यापकको जिम्मेवारी पाएको भएपनि प्रधानाध्यापक पनि एक शिक्षक नै हुन् । एक्लो प्रधानाध्यापकले विद्यालय बनाउन सक्दैनन् । धेरै समय बिद्यार्थीसङ्गभन्दा शिक्षकसङ्ग रहनु पर्ने भएकोले हरेक शिक्षकलाई मित्रवत् व्यवाहार गर्नु प्रधानाध्यापकको कर्तब्य हो । कतिपय सामुदायिक बिद्यालयको सिकाइ उपलब्धी खस्कनुमा प्रधानाध्यापकको दोष रहने गर्दछ । आपूmलाई मालिक र शिक्षकलाई कामदार सम्झने प्रधानाध्यापकले विद्यालयको शैक्षिक गुणस्तर उकास्न सक्दैनन् ।
विद्यालयको संरचनामा आधारभूत तह र माध्यमिक तह भनेर तोकिएको भए पनि व्यवहारमा बालविकास, प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक तहमा छुट्याइने प्रचलन यथावतै छ । पछिल्लो समय प्राथमिक वा निम्न माध्यमिक तहमा समेत स्नातकोत्तर तह पूरा गरेका शिक्षकहरुको संख्या बढेको देखिन्छ । शैक्षिक योग्यतामा समान भएर पनि तहगत रुपमा तल्लो तहमा अध्यापन गराउने शिक्षकलाई कमजोर शिक्षकको रुपमा आंकलन गरि त्यसै अनुसारको व्यवहार गर्ने प्रधानाध्यापकहरुको संख्या पनि धेरै रहेको सुनिदै आएको छ । यस्ता प्रधानाध्यापक रहेका विद्यालयका शिक्षकहरु प्रधानाध्यापक प्रति सकारात्मक र उत्तरदायि हुन सक्दैनन् । प्रधानाध्यापकसँगको व्यवहारका कारण कक्षामा जुन किसिमले सिकाइ क्रियाकलाप संचालन गर्नुपर्ने हो सो हुन सक्दैन । विद्यालयमा रहेका सबै शिक्षकहरुलाई पद र शक्तिको आधारमा नभई समान व्यवहार गर्न सकेमा मात्र उनीहरु प्रशन्न हुन्छन् । प्रशन्नताले सधै सकारात्मक उर्जा प्राप्त गराउँछ र शिक्षकहरु जिम्मेवार बन्न सफल हुन्छन् जसले गर्दा बालबालिकाको सिकाई उपलब्धि बढ्न सहयोग पुग्छ । एउटा योग्य प्रधानाध्यापकले शिक्षकको तह र उसको राजनैतिक खेमा नहेरी उसको योग्यता र क्षमता अनुसार व्यवहार गर्न सकेमा शिक्षण प्रभावकारी हुन सक्दछ । सबैको कुरा सुन्ने र शिक्षकहरुको राय सल्लाहाका आधारमा अगाडि बढेका बिद्यालयहरुले नै प्रगति गरेको देखिएका छ ।


विद्यालय व्यवस्थापन समितिको भूमिका


विद्यालय सुधार्नका लागि विद्यालय व्यवस्थापन समितिको पनि ठूलो हात रहन्छ । विद्यालयको भौतिक व्यवस्थापनदेखि समग्र वातावरण मिलाउने जिम्मा समितिको हातमा हुन्छ । विद्यालय समुदायको हो । तिनै समुदायका बालबालिका नै विद्यालयका विद्यार्थी भएकोले पनि विद्यालय व्यवस्थापन समितिको भूमिका महत्वपूर्ण रहन्छ । सरकार, स्थानीय तह र संघ संस्थासँग समन्वय गर्ने, शिक्षकलाई उपयुक्त वातावरण तयार गरिदिनेदेखि विद्यालयका महत्वपूर्ण निर्णय लिने समिति भएकोले विद्यालयलाई राजनीति गर्ने थलो नबनाएर समाजसेवाको भावनाको विकास गर्नु पर्ने हुन्छ ।
कतिपय बिद्यालयहरु निजी स्तरका शिक्षकहरुबाट सञ्चालित छन् । शिक्षक स्थायी होस् वा अस्थायी, राहात होस् वा सट्टा, जुन सुकै तह र वर्गको भएपनि शिक्षक नै हो । यो वा त्यो शिक्षकको नाममा विद्यालय व्यवस्थापन समितिले पक्षपातपूर्ण व्यवहार गर्नु हुदैन । सौतेनी व्यवहार गर्नु हुदैन ।
विद्यालय व्यवस्थापन समितिले विद्यालयमा प्रदान गरिने छात्रवृत्ति अति विपन्न गरिवका लागि पनि छुट्याउनु पर्ने हुन्छ । खानपानका लागि जोहो गर्न नसक्ने बालबालिकाका लागि विद्यालयमा एउटा समिति बनाइ कोष खडा गर्न सकिन्छ । यस कोषमा जम्मा गरिएको रकमबाट आपतकालिन स्थितिमा गरिवीका कारण विद्यालय छोड्नु पर्ने बालबालिकाहरुलाई टिकाइ राख्न सकिन्छ । अभिभावकहरुमा विद्यालयप्रति सकारात्मक सन्देश दिन सकेमा विद्यालयले प्रगति गर्न सक्छ ।


शिक्षा नीति


शिक्षाको लगानी कसले जोगाउने ?
बालुवामा पानी कसले जोगाउने ?
राज्यले स्पष्ट नीति लिन सकेन
बढ्दो मनोमानि कसले जोगाउने ?


लगानीको हिसावले सरकारले शिक्षामा प्रसश्त लगानी गरेको छ । लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसकेकोप्रति धेरैको चिन्ता र चासो बढेको छ । नेपाली समाज, यहाँको भू वनोट र नेपालीको चेतना स्तर नहेरी विदेशी शिक्षा नीतिको सिको गर्ने संस्कारले सरकारले शिक्षामा गरेको लगानी बालुवामा पानी जस्तै भएको छ ।
शिक्षा नीति समय सापेक्ष र वस्तुस्थिति अनुसार परिवर्तन हुन नसक्नु अर्को ठूलो समस्या हो । शिक्षामा स्पष्ट नीति हुनु जरुरी छ । विद्यालयलाई स्वतन्त्र निर्णय गर्ने अधिकार दिइएको छैन । कामको आधारमा पुरस्कार र दण्डलाई व्यवस्थित गर्न सकेको देखिदैन । शिक्षकलाई निजामति कर्मचारीभन्दा तल्लो दर्जाको कर्मचारीको रुपमा हेरिनु दुखद छ । सरुवा र वढुवामा स्पष्टता छैन यी र यस्तै कमी कमजोरीले शिक्षाले फड्को मार्न सकेको छैन ।
विद्यार्थी र अभिभावकले शिक्षकलाई दोष दिइरहेका हुन्छन् । शिक्षकले बिद्यार्थी, अभिभावक र मन्त्रालयलाई दोष दिइरहेको देखिन्छ । यता मन्त्रालयले आपूm मातहतका निकाय, कर्मचारी र शिक्षकहरु इमान्दार नभएको गुनासो गरिरहेको हुन्छ । एकले अर्काको राम्रो पक्षभन्दा कमिकमजोरी खोज्न र त्यसैको व्याख्या विश्लेषण गर्नमै समय वर्वाद गरिरहेको देखिन्छ । अरुको दोष मात्रै खोज्ने हाम्रो संस्कार बन्दै गएको छ । अरुमाथि औंला उठाउँनेले एक चोटी आपूmलाई हेर्ने र कमजोरी लुकाउनेभन्दा स्वीकार्ने बानीमा विकास गर्ने हो भने धेरै जसो समस्याहरु आपंैm समाधान हुन्छन् । दोषहरु अरुलाई नथुपारी आफ्नो कर्तव्यलाई ख्याल गर्ने संस्कारको विकास गरेमा सामुदायिक विद्यालयहरुको प्रगति हुन सक्छ ।
अत सामुदायिक विद्यालयको सिकाइ उपलब्धि बढाइ शैक्षिक गुणस्तर कायम गर्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षा नीति लगायत सम्पूर्ण सरोकारवाला सबै आ आफ्नो ठाउँमा जिम्मेवार हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *