भिएस निकेतन कलेजको अनलाईन कक्षा शुरु


काठमाडौ/३ बैशाख-अहिले कोरोनाभाइरसको संक्रामणको कारण देशभरका शैक्षिक संस्थाहरु बन्द छन् । सरकारले कोरोना संक्रमितको संख्या बढेसंगै आगामी बैशाख १५ गतेसम्मका लागि लकडाउन गरेको छ । जसकारण परीक्षा दिन तयार भएर बसेका विद्यार्थीहरुका लागि ठूलो समस्या सिर्जना भएको छ ।


लकडाउनको समयावधि थपिए संगै भिएस निकेतन कलेजले अनलाईन कक्षाको शुरुवात गरेको छ । आफ्ना विद्यार्थीहरुलाई पढाइमा सहजहोस भनेर अनलाईन कक्षाको सुरुवात गरेको हो । कलेजले विशेष गरी १० कक्षा, प्लस टुका कक्षा ,ब्याचलरर्सका विद्यार्थी र इएमबिएका विद्यार्थीहरुलाई लक्षित गरी अनलाईन कक्षाको सुरुवात गरेका हो ।

विद्यार्थीहरुको परिक्षालाई मध्यनजर गर्दे कलेजले बैशाखको पहिलो साताबाट अनलाईन कक्षा संचालन गरेको छ । सथै पढाईलाई निरन्तरता दिनको लागि अनलाईन कक्षा प्रभावकारी हुने कलेजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *