यस्तो थियो रविन्द्र नाथ टैगोरको शिक्षा दर्शन

को हुन रविन्द्र नाथ टैगोर
१८६१ मे ७ मा कलकत्ताको पश्चिम बंगालमा जन्मिएका रविन्द्र नाथ टैगोरको मृत्यु १९१४ अगस्त ७ मा भएको थियो । टैगोरले घरमै बसेर पढेका थिए । उनलाई पढाउन घरमै शिक्षक आउथे । साहित्य क्षेत्रमा सफल साहित्यकारका रुपमा स्थागित टैगोरले १९१३ मा नोबेल पुरस्कार प्राप्त गरेका थिए । उनको उत्कृष्ट कृति गिताञ्जलीका कारण उनले त्यो नोबेल पुरस्कार प्राप्त गरेका हुन् । उनले नोबेल पुरस्कारमा प्राप्त गरेको ८ हजार पाउण्ड १९२१ मा आफैले स्थापना गर्न लागेको शान्ति निकेतन स्कुल बनाउनका लागि खर्च गरेका थिए । यस स्कुलमा संस्कृति भाषा र पश्चिमी सभ्यता र भाषा पढाई हुन्थ्यो ।


के थियो त रविन्द्र नाथ टैगोरको शिक्षा दर्शन
उनका अनुसार शिक्षा भनेको नयाँ समाजको निर्माण प्रक्रिया हो । शिक्षाको सम्बन्ध समाजको जीवनसँग जोडिएको हुनुपर्छ । शिक्षा समाजसँग जोडिएको हुनाले शिक्षाको मुख्य उदेश्य भनेको मानिसको पूर्ण विकास गर्नु हो, जो समाज निर्माण प्रक्रियामा समावेश भएको हुन्छ । उनको शिक्षा दर्शनमा समाजको हरेक प्रभाव बालाबलिकामा पर्ने हुनाले बालबालिकाको स्वतन्त्रतालाई बढी जोड दिएको पाइन्छ । जसमा बालाबालिकाले आफ्नो इच्छा अनुसार कार्य गर्न पाउनु पर्ने उनको धारणा छ । बालबालिकाको कलात्मक विकासमा संगित र चित्रकलाको माध्यमबाट शिक्षा दिनु उत्तम हुने उनको भनाई छ । यसरी प्राप्त गर्ने शिक्षाको भाषा मातृ भाषा हुन आवश्यक छ । किनभने शिक्षाको सम्बन्ध समाजको जीवन सँग जोडिएको हुन्छ जहाँ समाजको मुल्य मान्यतालाई मान्यता दिएको हुन्छ । समाजको मुल्य मान्यतासँग जोडिएको हुनाले समाज बुझ्नको लागि विदेशी भाषामा बुझ्न सकिदंैन जुन कुरा शिक्षासँग जोडिएको हुन्छ ।

रविन्द्र नाथ टैगोरले शिक्षा दर्शन निम्न तरिकाले दिएका छन्


शिक्षा दिने वाहानामा शारीरिक दण्ड दिनु ठिक हो त
शिक्षा दिने वाहानामा उनी हरुले बुझेनन् वा भनेको मानेन् र गल्ती गरे भन्दैमा अनुशासनको नाममा बालबालिकालाई शारीरिक दण्ड दिन नहुने उनको भनाई छ । यसरी दिएको शारीरिक दण्डले उनीहरुको मनोविज्ञानलाई असर गर्छ नै त्यसमाथि यस्ता दण्डले निश्चित समयका लागि मात्र काम गर्छ । दण्डका कारणले बालबालिकाको मनमा डर हुन्छ र यो डर मनमा रहुन्जेल मात्र उसले भनेको गर्छ । तर, उसले मनैदेखि गरेको हुदंैन । जसले गर्दा उसले प्राप्त गरेको शिक्षा दिगो हुदंैन । जब बालबालिकाले दण्ड बिर्सन्छन् अनि पुरानै बानीमा आउने गर्छन् । त्यसकारण शारीरिक दण्ड दिनु राम्रो होइन । साथै शारीरिक, मानसिक आध्यात्मिक विकास द्वारा विद्यार्थीको सर्वाङ्र्गिण विकास गराउन सकिन्छ । तर, उनीहरुको हुर्कने वातावरण र स्वभावबीच सम्बन्ध हुनु नितान्त आवश्यक छ । किनकि मानिसले सबै गर्न सक्दैन तर सबै कुराको उपभोग र प्रयोग गर्न सक्छ ।


कस्तो हुनुपर्छ पाठ्यक्रम
रविन्द्र नाथ टैगोरको विचारमा पाठ्यक्रमा जुन विषय पढाउन खोजिएको हो वा पढाउन खोजिएको छ त्यस भित्र इतिहास, विज्ञान, प्रकृति अध्यायन,साहित्य आदि सैद्धान्तिक रुपमा पढाउनु राम्रो हुन्छ भने क्रियाकलापमा नाटक, भ्रमण ,बागवानी, प्रयोगशाला, चित्रकला, हस्तकला, रंग लगाउने, हातले बुन्ने जस्ता कुरामा बालबालिकालाई सक्रिय बनाउनु पर्छ । जसले गर्दा उनीहरुले सैद्धान्तिक रुपमा पढेको कुरालाई व्यवहारिक रुपमा उतार्न सक्छन् र त्यो शिक्षाको समाजमा र जीवनमा उपयोगी हुन्छ । यसरी दिएको शिक्षा दिगो पनि हुन्छ ।


अध्यापकको भूमिका कस्तो हुने
अध्यापक एउटा माध्यम मात्र हो । अध्यापकलाई शिक्षाको आधारको रुपमा लिनुपर्छ । जसले विद्यार्थीलाई मार्गनिर्देशन गर्नुका साथै प्रेरणा हौसला समेत दिन्छ । असल शिक्षकले जहिले पनि आफूले निरन्तर अध्यापन र नयाँ कुरामा ज्ञान राख्नु पर्छ । जसले गर्दा एउटा बल्दै गरेको बत्तिले अरु धेरै बत्ति बाल्न सकियोस् ।


औपचारीक व्यवस्थाको विरोध
रविन्द्र नाथ टैगोरले औपचारीक शिक्षा व्यवस्थालाई राम्रो मानेका छैनन् । उनका अनुसार मानिसलाई एउटा दायरा भित्र राखेर औपचारीक शिक्षा दिँदा मानिसले किताबको मात्र ज्ञान प्राप्त गर्ने हुदाँ यसलाई फराकिलो बनाउनु पर्ने उनको धारण छ । यति मात्र होइन आज भोलि जतिपनि नयाँ बिचार उत्पति भएका छन् ती सबै मात्र किताबको माध्यमबाट भएका छन् । त्यसकारण औपचारीक शिक्षालाई उनले धेरै प्रभावकारी मानेका छैनन् ।


प्राकृतिक शिक्षा राम्रो
रविन्द्र नाथ टैगोर प्रकृतिवादी दर्शनिक पनि थिए । त्यसकारण प्रकृतिलाई उनले बढी मानेको पाइन्छ । उनले शिक्षालाई पनि प्रकृतिसँग जोडेका छन् । उनले भनेका छन्, “प्रकृतिबाट जति राम्रो शिक्षा हामीले पाउँछौ । अरु कुनैपनि कुराबाट प्राप्त हुँदैन ।” प्रकृति सबै भन्दा राम्रो शिक्षक हो, उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *