कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित

कठमाडौ/२५ चैत्र – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले यस्तो स्थितिमा परीक्षा सञ्चालन गर्न कठिन भएकाले स्थगित गर्नुपरेको जानकारी दिए । “अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा स्थगित गरिएको हो ।
यस अघि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *