प्याब्सन दमकले नगर राहत कोषलाई २ लाख बढी सहयोग

काठमाडौं/२३ चैत–निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) दमकले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन एवं राहत कोषका लागि २ लाख ३४ हजार रुपियाँ सहयोग प्रदान गरेका छन् ।
दमक नगरपालिका प्याब्सन समितिले कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन सम्बन्धी विपद् व्यवस्थापन कोषमा उक्त सहयोग रकम प्रदान गरेका हुन् । १६ वटा निजी विद्यालयबाट संकलित रकम सहयोग स्वरुप प्रदान गरिएको प्याब्सन दमकले जनाएको छ ।
उनीहरुले नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत गणेश तिमिल्सिना सहितको उपस्थितिमा उक्त रकम नगरपालिकाका नगर अध्यक्ष जनार्दन मैनालीलाई हस्तान्तरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *