अष्ट्रेलियाका विद्यार्थीहरुको विवरण संकलन गर्दै नेपाली दूतावास

काठमाडौं/२३ चैत– कोरोना भाइरसका कारण विदेशमा उच्च शिक्षा आर्जन गर्न गएका विद्यार्थीहरुलाई समस्या भएपछि अष्ट्रेलियास्थित नेपाली दूतावासले विद्यार्थीहरुको अनलाइन तथ्यांक संकलन गर्ने भएको छ ।
दूतावासले अष्ट्रेलिया, न्यूजिल्याण्ड, फिजीलगायत प्रशान्त क्षेत्रमा अध्ययनरत विद्यार्थीहरु काँहा कस्तो स्थितिमा छन् र कस्ता समस्यासँग जुधिरहेका छन् भनि थाहा पाउनका लागि विद्यार्थीहरुको अनलाइन तथ्यांक संकलन गर्न लागेको हो । दूतावासले वक्तव्य जारी विद्यार्थीहरुलाई उक्त अनलाइन फर्म मार्फत आफ्ना जानकारी उपलब्ध गराउन समेत अनुरोध गरेको छ । विद्यार्थीहरुले तल दिएको लिंकमा क्लिक गरी उक्त फर्म भर्न सक्नेछन् ।
(https://au.nepalembassy.gov.np/emergency-registration-form/)

अष्ट्रेलियामा रहेका विद्यार्थीको अवस्था बुझ्न मन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरुको अवस्था कस्ता छ बुझ्न शिक्षा सचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका छन् । अष्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीहरुलाई समस्या भए आफ्नो देश फर्कन आग्रह गरेपछि मन्त्रीले विद्यार्थीको अवस्थाका बारेमा बुझ्न निर्देशन दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *