एसईईका विद्यार्थीका लागि हेल्पडेस्क सञ्चालन गर्दै शिक्षक महासंघ

काठमाडौं/१९ चैत–कोरोना भाइरसको कारण चैत ६ गतेबाट सञ्चालन हुने भनिएको माध्यमिक तह कक्षा १० (एसईई) परीक्षा स्थगित भयो । परीक्षा स्थगित भएसँगै विद्यार्थीहरुले अहिले घरमै बसेर पढिरहेका छन् ।
नेपाल शिक्षक महासंघले एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई ध्यानमा राख्दै विषयगत शिक्षकको विशेष हेल्पडेस्क सञ्चालन गर्ने भएको छ । परीक्षा स्थगित भएसँगै झण्डै पाँच लाख विद्यार्थी परीक्षा कहिले होला भनी दुविधा र अन्यौलमा छन् । महासंघले यो अवस्थालाई सम्यमतापूर्वक मनन् गर्दै अध्ययनमा विद्यार्थीहरुलाई सरिक हुन अनुरोध गरेको छ । विद्यार्थीहरुले अध्ययनमा क्रममा अन्यौल, असजिलो र अस्प्रष्ट महशुस गरेका विषयहरुमा सहयोग र समाधान गर्न गर्ने हेतुले विषयगत शिक्षकको विशेष हेल्पडेस्क सञ्चालन गर्ने लागेको महासंघले जनाएको छ । महासंघले नेपाली, अंग्रेजी, गणित, सामाजिक र विज्ञान विषयको हेल्पडेस्क सञ्चालन गर्ने भएको हो । महासंघले विषयगत शिक्षकहरुको सम्पर्क नम्बर सार्वजनिक गर्दै विद्यार्थीहरुलाई आफूलाई लागेको जिज्ञासा राख्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *