मन्टेश्वरी शिक्षा, अभिभावकले केयर टेकरको रुपमा नबुझौ !

विवेचना विष्ट
प्रिन्सिपल
भेन्स ब्राइट मन्टेश्वरी किन्डरगार्डेन,काठमाडौं

मन्टेश्वरी शिक्षाको विस्तारै नेपालमा पनि विकास हुदैछ । मन्टेश्वरी एउटा सिकाइको पद्धति हो, जसमा बालबालिकालाई उनीहरुकै रुची अनुसार विभिन्न क्रियाकलापमा संलग्न गराई खेल्दै सिक्न सहयोग गरिन्छ । मन्टेश्वरी विधिको बारेमा तालिम प्राप्त शिक्षक शिक्षिकाले बालबालिकाको उमेर अनुसारको क्रियाकलापमा बालबालिकालाई सहयोग गर्छन् ।
वास्तवमा बच्चाको मस्तिष्क एकदमै जिज्ञासु र उत्सुक हुन्छ । उसले आफू वरपर देख्ने हरेक क्रियाकलापलाई गहिरोसँग विश्लेषण गर्दै त्यसको बारेमा आफ्नो धारणा बनाएको हुन्छ । बच्चाहरुले यसरी बनाउने धारणाले उसको युवा अवस्था र पछि सम्म पनि उसको वृद्धि विकासमा असर पु¥याएको हुन्छ ।
युएसएडको सहयोगमा आजकल टेलिभिजन र रेडियोमा एउटा विज्ञापन प्रशारण हुन्छ । जसमा अभिभावकहरुले बालबच्चासँग समय बिताउनुको आवश्यकता बारे सन्देश दिइएको छ । यो एकदमै महत्वपूर्ण सन्देश हो । खासमा अभिभावकहरु भनेको बालबालिकाको पहिलो शिक्षक हुन । उनीहरुबाट नै बालबालिकाले धेरै कुरा सिक्छन् । नेपाली परिवेशमा मन्टेश्वरी शिक्षाको आवश्यकता यहिबाट सुरु हुन्छ ।
बालबालिकालाई पर्याप्त समय दिन नसक्नु अहिलेको सहरी क्षेत्रका अभिभावकहरुको बाध्यता हो । यहि बाध्यताले उनीहरु आफ्ना बालबालिकालाई मन्टेश्वरी सम्म पु¥याउँछन् । वास्तवमा बच्चालाई दिउँसो हेरचाह गर्न मात्र धेरै अभिभावकले मन्टेश्वरीमा बच्चा पठाउँछन् । जुन सही होइन । मन्टेश्वरीको काम भनेको दिउँसो बच्चालाई हेरचाह गर्नु मात्र होइन ।
मन्टेश्वरीमा बच्चाले उसको इच्छा अनुसार नयाँ कुरा सिक्न पाउँछ । बच्चाको मानसिक विकास र धारणा निर्माणको साथै आत्मविश्वास बढाउन मन्टेश्वरीको कक्षा निकै महत्वपूर्ण हुन्छ । तर, बिडम्बना बालबालिकाको विकासमा यस्तो महत्वपूर्ण काम गर्ने मन्टेश्वरी शिक्षकलाई कतिपय अभिभावकले बच्चा हेर्ने केयर टेकरको रुपमा मात्र बुझ्छन् ।
मन्टेश्वरीको शिक्षकले बालबालिकासँग खेल्नु, नाच्नु पनि पर्छ । यस्तै कुरालाई सामान्य रुपमा बुझेर बच्चा खेलाउनेको संज्ञा हामी मन्टेश्वरी शिक्षकहरुले पाएको हुन्छौं । खासमा यो सबै हुनुमा हामी मन्टेश्वरी सञ्चालकहरुको पनि उत्तिकै भूमिका छ । बच्चा भर्ना लिदाँ मन्टेश्वरी शिक्षाले उनीहरुको बच्चालाई पु¥याउने शिक्षा र त्यसमा आफ्नो मन्टेश्वरीको दक्षता बताउनुको साटो हामी अभिभावकहरुलाई अनेक आश्वसन दिन्छौ ।
यो हाम्रो व्यवसाय पनि हो । तर, व्यवसायको साथै यो सेवा पनि हो । यसमा आवद्ध हुने हामी पनि शिक्षक हौं । खासमा अभिभावक पछिको दोस्रो शिक्षक हांै । शिक्षकको सम्मान अहिले हामीले पाउन सकेको छैनौं । यो सम्मान पाउनको लागि पनि हामी सञ्चालकहरुले मन्टेश्वरीलाई व्यवसायको रुपमा मात्र प्रचार गर्नुको साटो यो बालबालिकाको सिक्ने, सिप वृद्धि गर्ने शिक्षा हो भनेर अभिभावकलाई बुझाउन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *