प्याब्सन र कारखानाबीच निःशुल्क कारखाना डट एसिया चलाउने सहमति

काठमाडौं/१३ चैत–निजी तथा आवासीय विद्यालय संगठन र कारखानाबीच ई–लर्निङ्गका सामग्रीहरु संकलन, उत्पादन र निःशुल्क वितरण गर्ने सहमति भएको छ ।
स्वास्थ्य संकटका कारण बालबालिकाहरु सहज ढंगले विद्यालय पुग्ने वातावरण नबन्नुजेञ्लसम्मका लागि यो कार्यलाई निरन्तरता दिने प्याब्सनले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणका कारणले अहिले विद्यालयहरु बन्द छन् । जसको प्रत्यक्ष प्रभाव ७० लाख स्कुले बालबालिकाहरुमा परिरहेको छ । यहि कुरालाई ध्यानमा राख्दै प्याब्सन र कारखानाले संयुक्त रुपमा विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय सञ्चालकहरुका लागि उपयोगी हुने शैक्षिक सामग्री कारखाना डट एसियाबाट पाउन सक्नेछन् । यो वेवसाइटमा विद्यार्थीका साथ साथै शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि इन्टरनेटमा आधारित क्षमता विकासका कार्यक्रमहरु संकलन गरी सहज ढंगले वितरण गरिनेछ । प्याब्सन र कारखानाले संयुक्त रुपमा बालबालिका र शिक्षा क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुलाई यसमा जोडिन आग्रह गरेका छन् ।
यसअघि प्याब्सनले मिडास एजुकेशन प्रालिसँग सहकार्य गरी मिडास ई–क्लास एप एक महिनाका लागि निःशुल्क प्रदान गर्ने सहमति भएको थियो । कोरोना भाइरसको विषम परिस्थितिका कारण बालबालिकाहरुको पढाईमा असर पारेको छ । यसलाई मध्येनजर गर्दैै अहिले ई–लर्निङ्ग प्रणालीबाट बालबालिकाको पढाईलाई निरन्तरता दिने काम भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *