विश्व विख्यात व्यक्ति जो पढाईमा कमजोर थिए

काठमाडौं/९ चैत्र – हाम्रो समाजमा अझै पनि विद्यार्थीहरुको मूल्यांकन उनीहरुले परीक्षामा पाएको अंक र ल्याएको नतिजाले गर्छ । भविष्यमा उनीहरु कता जान्छन्, के गछन र् भन्ने कुराको निधो उनीहरुको अंक र नतिजामा भर पर्छ । पढाईमा राम्रो हुने, परीक्षामा राम्रो अंक ल्याउने व्यक्ति जीवनमा सफल हुने र पढाईमा कमजोर भएका विद्यार्थी कामै नलाग्ने भन्ने हाम्रो गलत बुझाई छ ।
जीवनमा सफलता पाउनका लागि पढाईमै अब्बल हुनुपर्छ, राम्रो अंक ल्याउनुपर्छ भन्ने छैन । हामी काँहा यस्ता थुप्रै उदाहरणहरु छन् । जो पढाईमा असफल भएपनि जीवनमा सफल भएका छन् । जीवनमा सफल हुनकै लागि आफ्नो इच्छा र रुची अनुसारको काम गर्न सकिन्छ । बस्, त्यसमा लगाव हुनुपर्छ । आफूले गर्न लागेको काम मन लगाएर गर्नुपर्छ । स्कुलको परीक्षामा अनुत्तीर्ण भएपनि जीवनको परीक्षा उत्तीर्ण गर्न सक्नु नै सफल हुनु हो । सम्झनुहोस् त, सानोमा तपाईले साइकल चलाउन सिक्दा कति पटक लड्नु भयो, कति चोट लागे । तर, पनि तपाईले सिक्न छाड्नु भएन र सिक्नु भयो । हो, तपाईले पाएको असफलताले नै तपाईलाई जीवनमा सफल हुनका लागि सघाउँछ ।
संसारमा केही पनि त्यस्ता व्यक्ति छैनन्, जसले एकैचोटि सफलता प्राप्त गरे । असफलताबाट पाठ सिकेर उनीहरुले आफूलाई सफल सावित गरेका हुन् । परीक्षामा अनुत्तीर्ण हुनु तपाईको अक्षमता हो । तर, परीक्षामा अनुत्तीर्ण भएकै कारण जीवनमा केही गर्न सक्दिन भन्ने सोच राख्नु भनेको तपाईले हिम्मत हार्नु हो । यहाँ हामी त्यस्तै व्यक्तिहरुको बारेमा चर्चा गर्दैछौं ।


सर आइज्याक न्युटन

सर आइज्याक न्युटन जो कक्षामा सबैभन्दा नजान्ने विद्यार्थीमा गनिन्थे ।


जसले कहिले स्कुले शिक्षामा मन लगाएनन्, उनैका सिद्धान्त आज संसारभरका स्कुलहरुमा पढाई हुन्छ । उनी हुन्, सर आइज्याक न्युटन । न्युटन कक्षामा सबैभन्दा नजान्ने विद्यार्थीमा गनिन्थे । पढाई कमजोर भएकै कारण उनलाई शिक्षक र साथीहरुले हेप्ने र होच्याउने गरेपछि उनी कमै विद्यालय जान्थे । उनलाई शिक्षकले धर्तीको बोझ होस् समेत भन्नेका थिए । तर, पढाईमा राम्रा नभएका उनले वास्तविक जीवनमा सबैलाई चकित पारिदिए । गुरुत्वाकर्षण सम्बन्धि नियम पत्ता लगाएर विश्व विख्यात मात्र कमाएनन्, उनी दुनियाँका लागि प्रेरणाका स्रोत समेत बने ।


थोमस एल्वा एडिसन

थोमस एल्वा एडिसन जो पढाईमा कमजोर भएकै कारण १२ वर्षको उमेरमा स्कुलबाट निकाला समेत गरिएको थियो


अर्को वैज्ञानिक थोमस एल्वा एडिसनको कुरा ग¥यौं । उनी स्कुल जीवनमा पढाईमा एकदमै कमजोर थिए । उनलाई पढाईमा कमजोर भएकै कारण १२ वर्षको उमेरमा स्कुलबाट निकाला समेत गरिएको थियो । यति मात्र होइन,शिक्षकले उनलाई मूर्ख समेतभन्ने गरेका थिए । तर, उनैले वैज्ञानिक क्षेत्रमा विभिन्न कुराको आविस्कार गरी निकै ठूलो योगदान पु¥याए ।पढाईमा आफूलाई अब्बल सावित गर्न नसकेपनि उनी जीवनमा भने सफल सावित भए ।


अल्बर्ट आइन्स्टाइन

चार वर्षको उमेरसम्म बोल्न र सात वर्षको उमेरसम्म पढ्न नसकेका कारण उनलाई शिक्षकहरुले सुस्त र कामै नलाग्ने मूर्खको संज्ञा दिएका थिए


महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि सफलता प्राप्त गर्नका लागि निकै पटक असफलताको सामना गरेका थिए । पटक पटक असफल भएपनि हिम्मत नहारी उनले प्रयास गरिरहे । असफलता बाट हार नमानी निरन्तर प्रयास गर्दा उनी आज विश्व सामु सफल वैज्ञानिकका रुपमा परिचित छन् । उनको स्कुले जीवन हेर्ने हो भने सुखत थिएन ।
चार वर्षको उमेरसम्म बोल्न र सात वर्षको उमेरसम्म पढ्न नसकेका कारण उनलाई शिक्षकहरुले सुस्त र कामै नलाग्ने मूर्खको संज्ञा दिएका थिए । यहि कारणले गर्दा उनले १५ वर्षको उमेरमा विद्यालय छाडेका थिए । उनी इतिहास, भूगोल र भाषामा धेरैकमजोर विद्यार्थी थिए । उनले स्वीस इन्स्टिच्युट अफ टेक्नोलोजीमा भर्ना हुनाका लागि प्रवेश परीक्षा दिएपनि फेल भएका कारण भर्ना हुन पाएनन् । त्यसपछि उनी पुनः क्याम्पसमा भर्ना भई डिप्लोमा सके अनि दोस्रो पटकको प्रयासमा मात्र विश्वविद्यालयको प्रवेश परीक्षामा पास भए ।


विल गेट्स

जीवनको सफलता र असफलताको मापन परीक्षामा तपाईले प्राप्त गरेको अंकले गर्दैन


विश्वका धनी व्यक्तिका रुपमा चिनिएका विल गेट्सले भनेका छन्,“म केही विषयमा फेल भए तर मेरा एक जना साथी सबैमा पास भए । उनी अहिले माइक्रोसफ्ट इन्जिनियर छन् भने म त्यसको मालिक ।” यो भनाईबाट के प्रष्ट हुन्छ भने जीवनको सफलता र असफलताको मापन परीक्षामा तपाईले प्राप्त गरेको अंकले गर्दैन । परीक्षामा अनुत्तीर्ण हुँदैमा जीवनमा केही गर्न नसक्ने भन्ने हाम्रो मानसिकता गलत छ । हाम्रो समाजमा किताबी शिक्षालाई बढी प्राथमिकता दिने भएकाले गर्दा पनि परीक्षामा उत्तीर्ण हुनैपर्छ भन्ने सोचको विकास भएको हो ।


हामीले यहाँ पढ्नु हुँदैन । पढ्न आवश्यक छैन भन्ने मनसाय राखी विद्यार्थीलाई पढाई प्रति वितृष्णा जगाउन खोजेको भने विल्कुलै होइन । हामीले केबल परीक्षामा अनुत्तीर्ण हुँदैमा जीवनमा सफलता प्राप्त गर्न सक्दिैन भन्ने भ्रमात्मक सोचलाई चिर्न मात्र खोजेका हौं । परीक्षाकै अंकका आधारमा विद्यार्थीको भविष्य निर्धारण गर्ने हाम्रो परिपाटी कतिको सही र गलत छ भनि देखाउने प्रयास मात्र गरेका हौं ।
परीक्षामा उत्तीर्ण भएका सबै व्यक्ति जीवनमा सफल छन् भन्ने छैन भने परीक्षामा अनुत्तीर्ण भएका सबै व्यक्ति जीवनमा काम नै नलाग्ने हुन्छन् भन्ने छैन । हरेकमा आ–आफ्नो खुबी र प्रतिभा हुन्छ । कसैलाई पढ्न मनपर्छ त कसैलाई खेल, कोहीलाई नृत्यमा रुचि होला त कोहीलाई संगितामा, कुनै विद्यार्थीलाई गणित विषय मन पर्ला त कुनैलाई विज्ञान । त्यसैले, विद्यार्थीहरुको व्यक्तिगत रुची, चाहान र क्षमतालाई ध्यानमा राखेर सोही अनुसारको शिक्षा दिन आवश्यक छ । अनि मात्र उनीहरुले आफूले चाहेको क्षेत्रमा सफलता हात पार्न सक्नुका साथै कुनैपनि परीक्षामा अनुत्तीर्ण हुनुपर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *