पाँच हजार करेन्टाइनका लागि कक्षाकोठा उपलब्ध गराउने:हिसान

काठमाडौं/७ चैत–उच्च माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) ले सरकारलाई करेन्टाइन प्रयोजनका लागि पाँच हजार कक्षाकोठा उपलब्ध गराउने भएको छ ।
हिसानले देशभरका सम्पूर्ण शैक्षिक संस्थामा परीक्षालगायतका गतिविधिहरु स्थगित गरी सरकारलाई आवश्यक परेको खण्डमा करेन्टाइन प्रयोजनका लागि पाँच हजार कक्षाकोठा र स्वयमसेवकहरु उपलब्ध गराउने निर्णय गरेको हो । हिसानका कार्यबाहक अध्यक्ष युवराज शर्माले सरकारसँगको समन्वयमा उपयुक्त भौतिक पूर्वाधार भएका हिसान अन्तर्गतका स्कुल तथा कलेजमा करेन्टाइनको व्यवस्था मिलाउने बताए ।
हिसानले बैशाखमा आयोजना गर्न लागेको दोस्रो हिसान अन्तर्राष्ट्रिय सम्मेलन समेत अर्को सूचना नभए सम्मका लागि स्थागित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *